पोप लियो चौधौले सेन्ट पीटर्स स्क्वायरमा उपस्थित जनसमूहलाई सम्बोधन गर्दै युक्रेन र गाजा क्षेत्रमा जारी युद्धको अन्त्यको लागि आह्वान गरे।
विश्व युद्ध द्वितीयको समाप्तिको ८० औं वार्षिकोत्सवको अवसरमा पोपले आफ्नो उत्तराधिकारी पोप फ्रान्सिसको वचनलाई दोहोर्याउँदै भने, “कसैले पनि युद्ध चाहदैन ।”
पोप लियो चौधौले युक्रेनी जनताको पीडालाई आफ्नो मुटुमा बोकेको भन्दै, “हामी सबैले यथाशीघ्र एक वास्तविक, न्यायपूर्ण र दिगो शान्ति हासिल गर्नका लागि सक्दो प्रयास गरौं। सबै बन्दीहरूलाई मुक्त गरौं र बच्चाहरू आफ्ना परिवारमा फर्कन सकून्।”
त्यस्तै गाजा भूभागमा भइरहेको संकटप्रति गहिरो चिन्ता व्यक्त गर्दै पोपले भने, “गाजा क्षेत्रमा भइरहेको घटनाले मलाई अत्यधिक दुःखी बनाएको छ। आक्रमण तुरुन्तै बन्द होस्। मानवतापूर्ण सहयोग उपलब्ध गराउन सकियोस् र सबै बन्धकहरूलाई मुक्त गरौं।”
त्यस्तै, पोपले भारत र पाकिस्तान बीचको युद्धविराम घोषणालाई स्वागत गर्दै, “यो कदमले शान्ति प्रक्रियामा नयाँ आशा ल्याउनेछ भन्ने मेरो विश्वास छ,” उनले भने।
प्रतिक्रिया