अमेरिकाको पेन्सेलभेनिया राज्यको फिलाडेल्फियाको फेयरमाउन्ट पार्क क्षेत्रको सेप्टा सार्वजनिक यात्रीयान (बस)मा शनिबार साँझ ४ जनालाई गोली हानिएको छ । प्रहरीका अनुसार ती मध्ये ३ जना किशोरहरु रहेका छन् ।
प्रहरीका अनुसार, ६:३० बजे साँझ जिरार्ड एभेन्यू(पथ) तथा ३३ औं मार्गको नजिक गोली चले पछि प्रहरीलाई खबर गरिएको थियो । फिलाडेल्फिया र सेप्टा प्रहरी अधिकारीहरू घटनास्थलमा पुगे। उनीहरूले मार्ग १५ मा चल्ने सार्वजनिक यातायातमा ४ जना व्यक्तिहरूलाई गोली लागेको अवस्थामा फेला पारे। सवारी साधन(बस)मा करिब ३० जना यात्रुहरू थिए ।
गोली लागेका ४ जना पीडितमध्ये १६ वर्षका दुई किशोर र १४ वर्षको एक किशोर अस्पताल लगियो । ३९ वर्षकी महिलालाई घाउको उपचार घटनास्थलमै गरियो भने सबैको अवस्था स्थिर रहेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानका अनुसार एक पुरुष अन्दाजी ४० वर्षको छेउछाउ भएको र पछाडिका किशोरहरूको समूहसँग विवाद गरेका थिए । प्रहरीका अनुसार उनले आफ्नो झोलाबाट गोली निकालेर ४ जनालाई गोली चलाएका थिए।
प्रतिक्रिया