पुटिनद्वारा १५ मे मा इस्तानबुलमा रूस-युक्रेन प्रत्यक्ष वार्ता प्रस्ताव

इनेप्लिज २०८२ वैशाख २८ गते १२:०४ मा प्रकाशित

रुसका राष्ट्रपति भ्लादिमीर पुटिनले १५ मे मा इस्तानबुलमा युक्रेनसँग “कुनै पूर्व-शर्त बिना” प्रत्यक्ष वार्ता प्रस्ताव गरेका छन् । जसको मुख्य उद्देश्य तीन वर्ष लामो युद्धको “स्थायी शान्ति” स्थापना गर्नु र “संघर्षका जड कारणहरू” हटाउनु हो।

यस प्रस्तावको घोषणा आइतवार बिहान गरिएको हो । यसले युक्रेन, फ्रान्स, जर्मनी, पोल्याण्ड र बेलायतका नेता तर्फबाट यसअघि गरिएको अनिश्चितकालीन ३० दिने युद्धविरामको आह्वानको पृष्ठभूमिमा आएको हो। यी नेताहरूले आफ्नो प्रस्तावमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन रहेको बताएका छन् । यदि रूसले यसलाई अस्वीकार ग-यो भने “विशाल” नयाँ प्रतिबन्धको धम्की दिएका छन्।

तर पुटिनले यस प्रस्तावलाई अस्वीकार गर्दै, युरोपेली “अन्तिम चेतावनी ” र “रूस विरोधी वक्तब्य ”को आलोचना गरेका छन् । उनले रूस-युक्रेन वार्ताका लागि नयाँ प्रस्ताव प्रस्तुत गरेका छन्।

“हामी किभलाई कुनै पूर्व-शर्त बिना प्रत्यक्ष वार्ता पुनः सुरु गर्न प्रस्ताव गर्दैछौं,” पुटिनले पत्रकारहरूसँग भने। “हामी युक्रेनका अधिकारीहरूलाई यस बिहीबार, इस्तानबुलमा वार्ता पुनः सुरु गर्न प्रस्ताव गर्दैछौं।”

पुटिनले त्यस्तै दिन टर्कीका राष्ट्रपति रेसेप तैयिप एर्दोवानसँग वार्ता गर्ने कुरा बताएका छन् जसले उक्त वार्ता सहज बनाउन मद्दत गर्नेछन्। यस प्रस्तावको तत्काल युक्रेनबाट कुनै प्रतिक्रिया प्राप्त भएको छैन।

रुसको पूर्ण आक्रमण २०२२ को फेब्रुअरीमा सुरु भएको थियो । लाखौ सैनिकहरूको ज्यान गएको छ । पुटिनले भने, “हामी युक्रेनसँगको वार्ता पुनः सुरु गर्न चाहन्छौं जसले संघर्षका जड कारणहरू हटाउन र दीर्घकालीन शान्ति स्थापना गर्न मद्दत पुर्‍याउन सक्छ।”

प्रतिक्रिया