कतारको राजकीय उपहार: ट्रम्प प्रशासनले शानदार बिमान स्वीकार्ने तयारी

इनेप्लिज २०८२ वैशाख २८ गते १३:४६ मा प्रकाशित

ट्रम्प प्रशासनले कतारको राजपरिवारबाट प्रदान गरिने एक महा-बिलासिता बोइङ ७४७-८ बिमान उपहारको रूपमा स्वीकार्ने तयारी गरेको छ। यस विमानलाई नयाँ राष्ट्रपतिको बिशेष बिमान (एयर फोर्स वन)को रूपमा राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रयोग गर्न सक्नेछन् ।

एबिसीन्यूजको समाचार र स्रोतहरूका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ एयर फोर्स वनको रूपमा विमानलाई आफ्नो कार्यकाल सकिनु भन्दा केही समय पहिले सम्म प्रयोग गर्नेछन्, त्यसपछि विमानको स्वामित्व ट्रम्पको राष्ट्रपति पुस्तकालय प्रतिष्ठानमा हस्तान्तरण गरिनेछ।

ट्रम्प आफ्नो दोस्रो कार्यकालको पहिलो विदेश भ्रमणका लागि कतार जाने छन् तब यो उपहार आगामी हप्ता घोषणा हुने संभावना रहेको छ ।

यस विमानलाई “उडिरहेको महल” भनेर चिनिन्छ । ट्रम्पले यसलाई २०२५ को फरवरीमा पश्चिमी पाम बीच शहर स्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अवलोकन गरेका थिए।

यद्यपि, यस उपहारको स्वीकृति कानूनी दृष्टिकोणबाट केही प्रश्न उठाउँछ। स्रोतहरूका अनुसार व्हाइट हाउस र न्याय विभागका कानूनी परामर्शदाताहरूले यो उपहार स्वीकार गर्नु कानूनी रूपमा सही छ या छैन या संविधानले अप्ठ्यारो पार्छ या पर्दैन भन्ने बारे विश्लेषण गरि रहेका छन् ।

उपहारको मूल्य लगभग ४०० मिलियन डलर रहेको । यसमा वायुसेनाले थप सुरक्षा र सञ्चार उपकरणहरू थप्ने छ। विमानलाई अमेरिकी वायुसेनामा स्थानान्तरण गरिनेछ र त्यसपछि ट्रम्पको पुस्तकालय फाउन्डेसनलाई हस्तान्तरण गरिनेछ।

ट्रम्पको प्रशासनले यो उपहारलाई ‘भ्रष्टाचार’ नभएको र संविधानको विदेश उपहार सम्बन्धी कानूनी मापदण्डहरूको उल्लंघन नगर्ने ठहर गरेको छ।

प्रतिक्रिया