गत महिना आफ्नो आमा र बहिनीसँग हन्डुरस फर्किएका २ वर्षीया अमेरिकी नागरिकको परिवारले ट्रम्प प्रशासनविरुद्धको मुद्दा फिर्ता लिएको छ। परिवारको प्रतिनिधित्व गर्ने वकिल ग्रेसी विलिसले एबिसी न्यूजलाई बताइन ।
वकिलका अनुसार परिवारले “स्वतन्त्र रूपमा” मुद्दा फिर्ता लिइरहेको जनाइन । र ,अहिले उनीहरूले “सबै उपलब्ध विकल्पहरू” बारे पूर्ण रूपमा छलफल गर्ने निर्णय गरेका छन्।
विलिसले थप भनिन्, “परिवारले अत्यधिक मानसिक पीडा भोगेको छ र उनीहरूका बच्चाहरूको सुरक्षा र कल्याणको बारेमा विचार गर्न चाहन्छन्। यस कारणले उनीहरूले समय र स्थान लिन निर्णय गरेका छन्।”
गत महिना एक संघीय न्यायाधीशले ट्रम्प प्रशासनले २ वर्षीया अमेरिकी नागरिकलाई हन्डुरस फर्काउँदै गर्दा “अर्थपूर्ण प्रक्रिया बिना” गरेको जनाएका थिए ।
अमेरिकी नागरिक भि एम एल लाई जसको नाम अदालतका कागजातहरूमा लेखिएको छ । आमा र बहिनीको साथमा न्यु ओरलियन्समा एक आप्रवासन जाँचको दौरान गिरफ्तार गरिएको थियो। परिवारका पिताले आफ्नो परिवारको पक्राउबारे थाहा पाएपछि आप्रवासन अधिकारीलाई जानकारी दिएका थिए । उनले बच्चा अमेरिकी नागरिक हो र त्यसका कारण उनलाई देश निकाला गर्न मिल्दैन भनेका थिए ।
तर अदालतले अस्थायी प्रतिबन्धको आदेशमा प्रतिक्रिया जनाएभन्दा पहिले २ वर्षीया बच्चा र आमा र बहिनीलाई हन्डुरस पठाइएको थियो।
अमेरिकी न्याय विभागका वकिलहरूले बालिकाको सर्वोत्तम चासोमा आमासंगै कानूनी हिरासतमा रहनु आवश्यक थियो । बच्चा अमेरिकी नागरिक भएकोले कुनै गम्भीर हानीको जोखिममा नरहेको बिभागले जनाएको थियो ।
परिवारले मुद्धा फिर्ता लिएको भएता पनि उनीहरूका अधिकार र कानूनी प्रक्रिया सम्बन्धी मुद्दा अझै चासोको विषय बनेको छ।
प्रतिक्रिया