अमेरिकाको म्यासाचुसेट्स राज्यको वूस्टर शहरमा एक महिला र अन्य मानिसहरू अमेरिकी आप्रवासन र भन्सार प्रवर्तन(आइसिइ) द्वारा समातिने प्रयासमा विरोध प्रदर्शन र अराजकता देखिएको छ।
आईसीईको कारवाहीको विरोध गर्दै लगभग २५ जनाको भीडले महिला र परिवारलाई अलग गर्ने कार्यको बिरोध गरिरहेको श्रब्यदृश्य (भिडियो) ब्यापक भएको छ।
यो घटनामा महिला समातिने बखत प्रदर्शनकारीहरूले आमालाई नपक्राउ गर्नु र पक्राउ पूर्जी छैन जस्ता नाराहरू लगाए। यसपछि महिलालाई गाडीमा बन्धक बनाएर लैजाँदा केही महिला विरोध गर्न अघि सरेका थिए । वाहनको अगाडि हात राखेर गाडीलाई रोक्न खोजे।
वूस्टर प्रहरी विभागले घटनामा दखल दिएर “अराजक जमघट” घोषणा गर्दै प्रदर्शनकारीलार्ई धम्की दियो । प्रहरीका अनुसार एक स्थानिय युवतीले बच्चासहित गाडीको अगाडि उभिएपछि बच्चाको सुरक्षा जोखिममा पर्न सक्ने भन्दै उनलाई हटाउन भनिएको थियो। पछि उक्त महिला गाडीको यात्री बस्ने तर्फ लात हानेर गाडीलाई रोक्ने प्रयास गरेपछि उनलाई पक्राउ गरिएको छ।
त्यसपछि अर्को महिला एश्ली स्प्रिङलाई प्रहरीले पक्राउ गरेको छ। उनले प्रहरीलाई धक्का दिइ र एक अज्ञात तरल पदार्थले हमला गरिन्। उनलाई “प्रहरीमाथि आक्रमण र खतरनाक हतियारले हमला” आरोपमा पक्राउ गरिएको छ।
वूस्टरका डेमोक्र्याट नगर प्रमुख (मेयर) जोसेफ पेटीले भने, “आईसीईले परिवारलाई अलग गर्ने डर हाम्रो शहरका धेरैका लागि सबैभन्दा ठूलो दुःस्वप्न हो।” नगर प्रमुखले थप जानकारीका लागि शहर प्रबन्धकलाई विवरणको माग गरेका छन्।
आईसीईको यो कार्य र प्रदर्शनकारिका गतिविधिहरूले वूस्टर शहरमा गहिरो तनाव र विभाजन ल्याएको छ। अमेरिकी अधिकारीहरूले यी घटनाहरूको बारेमा थप अनुसन्धान गर्ने आश्वासन दिएका छन्, जबकि वूस्टरका नागरिक र स्थानीय अधिकारीहरूले आप्रवासन कार्यविधिमा सुधारको माग गरेका छन्।
प्रतिक्रिया