अमेरिकी सर्वोच्च अदालतले कानुनी चुनौतीहरू जारी रहँदा पनि परालैङ्गिक (ट्रान्सजेन्डर) सेवा सदस्यहरूलाई सेनाबाट बर्खास्त गर्न पेन्टागनलाई अनुमति दिएपछि रक्षासचिव पीट हेगसेथले प्रक्रिया सुरु गर्न निर्देशन दिँदै समयसीमा घोषणा गरेका छन्।
हेगसेथद्वारा जारी ज्ञापनअनुसार सक्रिय सैनिक सेवामा रहेका परालैङ्गिक(ट्रान्सजेन्डर )सदस्यहरूले स्वेच्छिक रूपमा जुन ६ सम्म सेनाबाट अलग नभएमा त्यसपछि बर्खास्त गरिने छ।
त्यस्तै आरक्षित बल (रिजर्भ फोर्स)मा कार्यरत ट्रान्सजेन्डर (परालैङ्गिक)सदस्यहरूले जुलाई ७ सम्म स्वेच्छिक रूपमा अलग हुन सक्नेछन्। पेन्टागनका प्रमुख प्रवक्ता तथा वरिष्ठ सल्लाहकार शन पर्नेलले एक वक्तव्यमा भने, “रक्षामन्त्री हेगसेथ सर्वोच्च अदालतको निर्णयबाट उत्साहित छन्।”
प्रतिक्रिया