स्वर्गीय बिक्रम राइलाइ सम्झिदै रोशन राईले गाए ‘नछुट्टिने मन हुदाहुदै ‘

इनेप्लिज २०८२ वैशाख २४ गते २२:४६ मा प्रकाशित

काठमाडौं । द भ्वाइस अफ नेपाल सिजन ६ का फस्टरनरअप रोशन राईको नयाँ गीत ‘नछुट्टिने मन ‘ सार्वजनिक भएको छ। शान्ता राइको शब्दरचना र स्वर्गीय बिक्रम राइको संगीत रहेको गीतमा पुरुषोत्तम सुवेदीको एरेन्ज रहेको छ ।

योगेन मुकारुङको मिक्सिङ्ग,मास्टरिंङ्ग रहेको गीतलाइ आपोमाली ( AA-POMALEE) युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

लोकप्रिय गायिका मेलिना राइको स्वरमा यस गीतको फिमेल भर्सन समेत केहि दिनअगाडी आइसकेको छ । भ्वाइस अफ नेपाल सिजन ४ मा टीम राजेशका एडभाइजर समेत रहेका स्वर्गीय बिक्रम राइको संगीत र भ्वाइस अफ नेपालका सिजन ६ का फस्टरनरअप रोशन राईको स्वरमा आबद्ध यस गीतलाई स्रोताहरुले मन पराइदिनु हुन्छ भन्नेमा आफु बिस्वस्त रहेको गीतकार शान्ता राइले बताउनु भयो ।

प्रतिक्रिया