दुर्घाटनामा परेर उपचार नपाउँदा पोर्चुगलमा सुस्मिताको बिचल्ली, सधै कुँजिएरै बस्नुपर्ने भयो भनेर रोइन (भिडियो सहित)

इनेप्लिज २०८० माघ २६ गते २३:२१ मा प्रकाशित

पोर्चुगलमा रोजगारीका लागि पुगेकी एक नेपाली चेली सडक दुर्घटनामा परी गम्भीर घाइते भएर उपचार नपाउँदा बिचल्लीमा परेकी छिन्।

वैदेशिक रोजगारीको सिलसिलामा दुई वर्षअघि पोर्चुगल आएकी सिन्धुली जिल्ला मरिण–३ की २९ वर्षीया सुस्मिता मोक्तान उपचार अभावमा बिचल्लीमा परेकी हुन्।

सडक पार गर्ने क्रममा कारको ठक्करबाट गम्भीर घाइते भएकी उनी औषधि उपचारको अभावमा ओछ्यानमै थलिएर बस्न बाध्य छिन्।

गत जनवरी १० तारिखका दिन कामबाट फर्कने क्रममा मोन्तिजोमा साँझ ७ बजेतिर जेब्रा क्रसिङबाट बाटो काट्दै गरेकी उनलाई तीव्र गतिमा आएको कारले एक्कासि ठक्कर दिएको थियो।

कारको ठक्करबाट गम्भीर घाइते भएकी उनको दाहिने हात र देब्रे हिप भाँचिएको छ। दुर्घटनाले हिपदेखि मुनिको देब्रे खुट्टा नचल्ने भएको छ।

https://www.youtube.com/watch?v=58B7q45-p0Q

प्रतिक्रिया