न्यूयोर्कमा हुने सङ्गीत तथा चलचित्र पुरस्कार समारोहमा आएका कलाकारहरुका कैद गरिएका राजीव श्रेष्ठका तस्बिरहरु

इनेप्लिज २०८२ वैशाख २१ गते २०:३७ मा प्रकाशित

न्यूयोर्कमा हुने सङ्गीत तथा चलचित्र पुरस्कार समारोहमा आएका कलाकारहरुका कैद गरिएका तस्बिरहरु प्रसिद्ध छायाचित्रकार राजीव श्रेष्ठले आफ्नो सामाजिक संजालमा प्रकाशित गरेका छन् ।

बिश्व कै सम्राट राज्य न्यूयोर्क शहरमा आज मे ४ ,२१०२५ का दिन सङ्गीत तथा चलचित्र पुरस्कार समारोह हुने भएको छ । मे ४ आज आइतबारका दिन हुदै गरेको उक्त समारोह फस्ट टप सप काठमाडौँको प्रस्तुति हो भने यसलाई ८८४८ हिमालय म्युजिक एण्ड फिल्म अवार्ड युएसए २०२५ नामाकरण गरिएको छ ।

राजीब श्रेष्ठले पप गायक ओम बिक्रम बिष्ट ,सङ्गीत निर्देशक तथा गायक शम्भुजीत बास्कोटा ,कार्यक्रम प्रस्तोता सुरज सिंह ठकुरीको बिशेष तस्बिरहरु कैद गरेका छन् ।

त्यस्तै उनले वरिष्ठ गायक प्रकाश श्रेष्ठ, हामी नेपाली बिश्वका अमित राई ,गायक राम श्रेष्ठ ,प्रख्यात नमुना (मोडल) प्रशान्त आर ताम्रकार ,गायक जेम्स प्रधान ,गायक मोहन भुसाल ,कलाकार सुशील छेत्री तथा गायक अनिश ओकेलीको सामूहिक तस्बिरहरु समेत कैद गरेका छन् ।

समारोह न्यूयोर्कको मेलरोज बलरुममा हुनेछ । उक्त समारोहमा २ जनालाई लाइफ टाइम एचिभमेन्ट(जीवन-काल प्राप्ति पुरस्कार ) दिईने भएको छ । चर्चित संगीत निर्देशक तथा गायक शम्भुजीत बास्कोटा तथा नेपालका प्रथम पप गायक ओम बिक्रम बिष्टलाई जीवन-काल प्राप्ति पुरस्कार प्रदान गरिने भएको छ ।

यसै गरि संगीत तथा चलचित्र क्षेत्रका ११ जनालाई बिशेष सम्मान गरिने भएको छ । चलचित्रका १५ वटा विधा र संगीतका १५ विधाका दुवैलाई पुरस्कार प्रदान गरिने छ ।

नेपालबाट नेपाली चलचित्रका महानायक राजेश हमाल ,शम्भुजित बास्कोटा ,कार्यक्रम प्रस्तोता सुरज सिंह ठकुरी ,नीति शाह ,प्रशान्त ताम्राकार ,कोरियाग्राफर तथा मोडल(नमुना)राहुल शाह लगायत नेपालबाट आई सकेका छन् । झन्डै १०० जना भन्दा ज्यादा संगीत तथा चलचित्रका कलाकारहरुको बिशाल जमघट हुने आयोजक मध्ये कै एक संयोजक तथा गायक राजेश हमालले ईनेप्लिजलाई बताए ।

न्युयोर्कमा हुने समारोहमा यस क्षेत्रमा रहनु हुने नेपाली समुदायलाई सहभागिताको लागि आयोजकले सबैलाई आग्रह गरेका छन् । साथै २० भन्दा ज्यादा कलाकारहरुको प्रत्यक्ष सांगीतिक प्रस्तुति हुनेछ । आयोजकका अनुसार कार्यक्रम साँझ ७ बजे सुरु हुनेछ ।

प्रतिक्रिया