वाशिंगटन डीसी । अमेरिकाको राजधानी वाशिंगटन डिसीमा बिगत १८ बर्ष देखि संचालन हुँदै आएको पासपोर्ट डिसी समारोह भव्यताको साथ सम्पन्न भएको छ । यस बर्ष गत शनिबार आयोजना भएको १८ औ पासपोर्ट डिसी वार्षिकोत्सवमा नेपालको सहभागिता र नेपालको प्रस्तुती अद्वितीय रहन गयो ।
नेपाली दुताबासको प्रत्यक्ष सहभागिता र यसलाई सहयोग गर्न डिसी महानगर क्षेत्रका ४ वटा संस्थाहरुले अहम भूमिका निर्वाह गरेका थिए । पासपोर्ट डिसी कार्यक्रममा नेपालले आफ्ना सांस्कृतिक धरोहरलाई प्रस्तुत गर्दै बिश्व समुदायसँग आफ्नो ऐतिहासिक र सांस्कृतिक सम्पत्ति साझा गरेको छ।
यो वार्षिकोत्सव प्रत्येक मई महिनामा आयोजना गरिन्छ । यसमा दूतावासहरूको खुला घर(ओपन हाउस), अन्तर्राष्ट्रिय खाना, परम्परागत प्रदर्शन, तथा बिभिन्न अन्तर्राष्ट्रिय विक्रेताहरूको सहभागिता रहने गर्दछ। यस वर्ष नेपाली दूतावासले नेपालका विभिन्न सांस्कृतिक कार्यक्रमहरूको प्रदर्शनी आयोजना गर्यो।
नेपालको संस्कृति ,कला र परम्परालाई प्रस्तुत गर्न नेपाली अमेरिकन सांस्कृतिक केन्द्र (न्याक ),नृत्यभूमि नृत्य स्कूल ,केसी डान्ससेन्टर तथा ल्याम्ह अमेरिका गुठीको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपाली अमेरिकन सांस्कृतिक केन्द्र (न्याक )का तर्फबाट बर्सा पराजुली,सुनिता घिमिरे, देचन लामा,सुजिता डंगोल तथा निमा लामाका शानदार नृत्य प्रदर्शनले दर्शकहरूको मन जित्यो । यिनीहरूको प्रदर्शनीले नेपालका सांस्कृतिक धरोहरहरूको महत्त्व र विविधता दर्शायो।
कार्यक्रमको प्रमुख आकर्षण भनेको प्रत्यक्ष धिमे नृत्य रहेको थियो जसको नृत्य निर्देशन पुस्कर प्रजापतिले गरेका थिए । संगीत संयोजनमा अन्य कलाकारहरूको बिशेष योगदान रहेको थियो । कार्यक्रम अपार सफलताको साथ सम्पन्न भएको थियो भने न्या को संयोजन बिना खड्कालामाले गरेकी थिइन् ।
उनले सामाजिक संजाल मार्फत सहभागी सबैलाई धन्यवाद दिएकी छिन् । यसै गरि केसी डान्स सेन्टरका बिधार्थीहरुको पनि त्यतिकै बेजोड प्रस्तुति रहेको थियो । दर्शकहरुले मुक्त कण्ठले प्रसंशा गरेका थिए ।
त्यस्तै ल्याम्ह अमेरिका गुठीको पनि आकर्षण प्रस्तुतीहरु रहेका थिए । प्रत्यक्ष धिमे नृत्यको नृत्य निर्देशन पुष्कर प्रजापतिले गरेका थिए । भुस्या- बाल कृष्ण प्रजापती ,बासुरीमा र मनीष महर्जन र ता- मा सनाम श्रीखाकार रहेका थिए ।
साथै सहभागी हुने अन्य बालबालिकाहरूमा मिलन थापा,आइडन श्रीखाकार,कीगन श्रीखाकार, नेआइशा श्रेष्ठ,वञ्जला प्रजापति,लुमना श्रेष्ठ, लाकस प्रजापति, आयना राजभण्डारी, अश्री राजभण्डारी ,सुमांशु महर्जन र ऐलीन प्रजापति रहेका थिए ।
त्यस्तै नृत्यभूमि डान्स स्कुलका तर्फबाट डिसी पासपोर्ट कार्यक्रममा सहभागी हुनेहरुमा क्रमस प्रत्युषा बजगाई ,आशिता खनाल, प्रसना ज्ञवाली ,सब्रिना अधिकारी ,देवांशी थापा ,सान्वी पुडासैनी ,आर्य पटेल,मानवी खरेल तथा अन्य दाहाल रहेका थिए ।
कार्यकममा नेपाल लगायत ८ वटा राष्ट्रहरुले सहभागी जनाएका थिए । कार्यक्रम डिसी कै एक बिशाल सभाकक्षमा प्रस्तुतिहरु रहेका थिए ।
कार्यक्रममा नेपालका राजदुत लाेक दर्शन रेग्मी, नियोग उप-प्रमुख शरद राज आरण ,आर्थिक सल्लाहकार युग राज पाण्डे लगायत अन्य कुटनैतिकहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा साना बालबालिका देखि ठूला सम्मको सहभागिता रहेको थियो भने नेपालको कूल करिव १ दर्जन प्रस्तुतिहरु रहेका थिए । यस्ता बिशेष महत्वपूर्ण कार्यक्रममा डिसी क्षेत्रका अरु सॅघ/ सॅस्थाहरुलाई सहभागिता गर्न र गराउन एक आपसमा सहभागिताको लागि समन्वय गर्न सकिएमा नेपालको प्रस्तुति अझै राम्रो हुन् सक्ने न्याककी संयोजककर्ता बिनाखड्कालामाले ईनेप्लिजलाई बताइन ।
कार्यक्रमको आयोजना इभेन्ट्स डिसीले गरेको हो ।
ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।
प्रतिक्रिया