बिश्व कै धनाढ्य व्यक्ति तथा ब्यापारी इलन मस्कको स्पेसएक्स प्रतिष्ठानले अमेरिकाको टेक्सस राज्यको दक्षिणी क्षेत्र एक आधिकारिक शहरको रूपमा परिणत गर्न सफल भएको छ ।
शहरको नाम ‘स्टारबेस’ राखिएको छ । शनिवार एक मतदानमा यस शहरको औपचारिक स्थापना स्वीकृत गरिएको हो। मतदानमा २१२ जनाले समर्थन जनाए भने ६ जनाले विरोध गरे। मतदानको परिणाम क्यामेरन काउन्टी चुनाव विभागद्वारा अनलाइन (साङ्गणिक) प्रकाशित गरिएको छ।
स्पेसएक्सको प्रक्षेपण स्थल तथा अन्तरिक्ष कार्यक्रमहरु नासा र रक्षा बिभागसँग सम्झौता समेत गरेको छ। भविष्यमा चन्द्रमामा मानव पठाउने र मङ्गलमासम्म यात्रा गर्ने योजना बनाइरहेको छ।
इलन मस्कले सन् २०२१ मा ‘स्टारबेस’ शहरको विचार प्रस्तुत गरेका थिए । स्थानीय समुदायका अधिकांश जनसंख्या स्पेसएक्सका कर्मचारीहरू भएकोले यो मतदानको परिणाम मस्कको लागि व्यक्तिगत जित मानिएको छ।
तर, केही आलोचकहरूले यसलाई मस्कको व्यक्तिगत नियन्त्रणमा बृद्धि हुने चिन्ता व्यक्त गरेका छन् ।
यो मुद्दा अब टेक्सस राज्यको विधानसभामा पनि उठाइएको छ।
प्रतिक्रिया