अमेरिकाको फ्लोरिडा राज्यमा ऐतिहासिक संयुक्त आप्रवासन अपरेशनले १,१२० आपराधिक अवैध आप्रवासीलाई गिरफ्तार गरेको छ ।
अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन (आइसिइ) ले फ्लोरिडा राज्यमा पहिलो पटक सरकारी र राज्य सुरक्षा निकायहरूको सहयोगमा २१ अप्रिलदेखि २६ अप्रिलसम्म एक विशेष कारवाहीमा १,१२० अवैध आप्रवासीलाई गिरफ्तार गरिएको जनाएको छ ।
आइसिइले सामाजिक संजाल मार्फत यो जानकारी गराएको छ ।
यो आइसिइको इतिहासमा एक सप्ताह अवधिमा एक राज्यबाट गरिएको सबैभन्दा ठूलो संख्या हो। गिरफ्तार गरिएका ६३ प्रतिशत व्यक्तिहरूले पहिले नै अपराध गरेका थिए वा अदालतले उनीहरूको दोषी ठहर गरेको थियो।
गिरफ्तारीमा ३७८ आपराधिक अवैध आप्रवासीहरू समावेश थिए जसलाई आप्रवासन न्यायाधीशले निर्वासनको आदेश दिइसकेको थियो। यस कारवाहीमा विभिन्न प्रकारका हिंस्रक अपराधीहरू, गिरोह सदस्यहरू, यौन अपराधीहरू, न्यायबाट फरार रहेका व्यक्तिहरू र सार्वजनिक सुरक्षामा खतरा पुर्याउने व्यक्तिहरूलाई गिरफ्तार गरिएको छ।
पक्राउ गरिएका मध्ये केही व्यक्ति विदेशी आतंकवादी संगठनका सदस्यहरू पनि थिए, जस्तै एमएस-१३ ,ट्रेन डे आरागुवा ,ब्राउन प्राइड एजटेकास,बारियो एजटेका ,सुरेनस (एसयुआर-१३) तथा १८ औस्ट्रिट गिरोह आदी इत्यादी थिए
पक्राउ गरिएका व्यक्तिहरूमा क्रमस ४३७ ग्वाटेमाला,२८० मेक्सिको,१५३ होन्डुरस, ४८ भेनेजुएला, २४ एल साल्भाडोरर १७८ अन्य रहेका छन् ।
यिनीहरु बिरुद्ध निर्वासनको आदेश जारी गरिएको छ । ती व्यक्तिहरूलाई तुरुन्तै देशबाट निकाल्ने प्रक्रिया सुरु गरिनेछ। बाँकी व्यक्तिहरूआइसिइको हिरासतमा रहेका छन् । तिनीहरूको कानूनी प्रक्रिया पूरा हुने क्रममा छन्।
“हाम्रो यो कारवाहीको सफलता भनेको यो एक साझा प्रयास हो जसमा राज्य र संघीय सुरक्षा निकायहरूले मिलेर काम गरेका छन्,” आइसिइ का उपनिर्देशक म्याडिसन शीहानले भने।
फ्लोरिडा राज्यका गभर्नर रन डिसान्टिस पनि यो कारवाहीको सफलता र संघीय आप्रवासन प्रवर्तनको लागि फ्लोरिडाको समर्पणको कुरा गरे।
प्रतिक्रिया