अमेरिकी विदेश विभागकी मेरील्याण्ड निवासी एक पूर्व विश्लेषकद्वारा ६५०,००० डलर चोरी गरेको स्वीकार

इनेप्लिज २०८२ वैशाख २१ गते १२:०३ मा प्रकाशित

अमेरिकी विदेश विभागकी एक पूर्व बजेट विश्लेषकले दुई वर्षको अवधिमा राज्य विभागबाट ६५०,००० डलर भन्दा बढी रकम चोरी गरेको स्वीकार गरेकी छिन्।

मेरील्याण्ड राज्यकी ६४ वर्षीय लेभिटा आलमुट फेरर जो विदेश विभागको प्रमुख प्रोटोकल (शिष्टाचार)कार्यालयमा वरिष्ठ बजेट विश्लेषकको रूपमा कार्यरत थिइन् ।

फक्सन्यूजका अनुसार उनले मार्च २०२२ देखि अप्रिल २०२४ सम्म आफ्नो हस्ताक्षर अधिकारको दुरुपयोग गर्दै ६० चेक (धनादेश)आफैंलाई र तीन चेक (धनादेश)अरूको नाममा लेखेकी थिइन्। अभियोजकका अनुसार ती सबै धनादेशहरू उनले आफ्नो व्यक्तिगत बैंक खातामा जम्मा गरिन्।

सम्पूर्ण धनादेशको राशि६५७,३४७.५० डलर रहेको थियो।

फेरर, जसको वास्तविक नाम लेभिटा ब्रेजोविक हो । चोरिको यो योजना लुकाउनका लागि क्विकबुक खाताको प्रयोग गर्थिन्। उनले धनादेशमा आफूलाई भुक्तानी प्राप्तकर्ता देखाएर त्यसलाई मुद्रण (प्रिन्ट )गर्ने र पछि क्विकबुकमा भुक्तानी प्राप्तकर्ता नाम बदल्ने गर्थिन्, जसले गर्दा व्यक्तिहरूलाई यो योजना पत्ता लगाउन गाह्रो हुन्थ्यो।

फेररले सरकारी सम्पत्ति चोरी गरेको स्वीकार गरेकी छिन् । आगामी सेप्टेम्बर १८ मा उनलाई १० वर्षसम्मको कारागार सजाय हुन सक्ने संभावना रहेको छ । साथै, उनले चोरी गरिएको रकम सरकारलाई फर्काउन सहमति जनाएकी छिन्।

प्रतिक्रिया