ग्वाटेमालाकी गर्भवती एक महिलालाई एरिजोनाको मरुभूमिमा भौतरिएको अवस्थामा आईसिइले पक्राउ गरेको छ । र ,हाल उनले अस्पतालमा बच्चालाई जन्म दिएकी छिन् ।
अमेरिकी अध्यागमन तथा भंसार प्रवर्तन विभागले तुरुन्तै गिरफ्तार गरेको छ । सिएनएनका अनुसार शनिबार उनलाई निर्वासन प्रक्रिया अघि बढाउनको लागि रिहा गरिएको छ ।
सिएनएनले जनाए अनुसार उनको नाम एरिका भनेर मात्र प्रस्तुत गरिएको छ । उनलाई स्थानीय वकिल लुइस क्याम्पोसका अनुसा रअमेरिकी सीमा सुरक्षा गुप्तचरहरूले सोमबार पक्राउ गरे । उनी आठ महिनाको गर्भवती अवस्थामा दुई दिन मरुभूमिमा एक्लै हिड्दै थिइन।
एरिकाले मेक्सिकोबाट अमेरिकामा प्रवेश गर्दा सिमी भ्याली(शहर)को दक्षिण-पश्चिम भागमा प्रवेश गरेको बताइएको छ। त्यसपछि उनले टक्सन अस्पताल (मेडिकल सेन्टर)मा बुधवार राति जन्म दिइन, जहाँ उनको कोठामै संघीय गुप्तचरहरू तैनाथ थिए ।
ट्रम्प प्रशासनको अध्यागमननीतिले विदेशी विद्यार्थीहरू, अनधिकृत कामदारहरू र सीमा पार गर्नेहरूलाई विशेष लक्ष्य राखेको छ। क्याम्पोसका अनुसार महिलालाई वकिलको पहुँच नदिएर उनको संवैधानिक अधिकार उल्लंघन गरिएको हो।
एरिकाले अन्ततः अध्यागमन न्यायधिशको अगाडि उपस्थित हुने अनुमति पाएकी छिन् । उनकी वकिलले उनलाई सुरक्षा र अस्थायी आवासका लागि शरणको आवेदन दिने योजना बनाएका छन्। क्याम्पोसले अमेरिकी समाज र सरकारको मद्दतका कारण उनलाई जाँच गर्नको लागि सुनवाई प्राप्त गर्ने अवसर दिइने बताए ।
उनी ग्वाटेमालामा हिंसा र खतराबाट भाग्न चाहन्छिन् जहाँ उनलाई कुनै सहयोगी साथी वा परिवार थिएनन् । क्याम्पोसका अनुसार यदि उनलाई ग्वाटेमाला फर्काइएको खण्डमा उनको शिशु र उनी आफैलाई अत्यन्त खतरामा पुर्याउने छ।
प्रतिक्रिया