अमेरिकी अपील अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनको पक्षमा महत्वपूर्ण निर्णय सुनाएको छ। अदालतले एउटा पुरानो निर्णयलाई रोक्का गरेको छ, जसले भ्वाइस अफ अमेरिकाका १,००० भन्दा बढी कर्मचारीलाई पुनः काममा राख्न र प्रसारण सुरु गर्न आदेश दिएको थियो।
अदालतले एक तल्लो अदालतको आदेशलाई रोक्का गर्ने निर्णय गरेको छ ।
क्यारी लेक जो ट्रम्प प्रशासनमा यूएस एजेन्सी फर ग्लोबल मिडियाका वरिष्ठ सल्लाहकार हुन् उनले भनिन् , “यो राष्ट्रपति ट्रम्प र संविधानको अनुच्छेद दुई द्वारा दिइएका शक्तिहरूको लागि ठूलो विजय हो। यो युएसएजिएम र भिओएका लागि पनि विजय हो।” उनले यो निर्णयलाई भ्वाइस अफ अमेरिका र यूएस एजेन्सी फर ग्लोबल मिडियाको पुनर्गठन प्रयासलाई अघि बढाउन अनुमति दिने निर्णय गरेको बताइन ।
उनले यो निर्णयलाई “राष्ट्रपति ट्रम्प र अमेरिकी संविधानको शक्तिको ठूलो विजय” भनेर बयान गरिन् । यस निर्णयले दुवै यूएस एजेन्सी फर ग्लोबल मिडिया र भ्वाइस अफ अमेरिकाका योजनाहरूलाई अघि बढाउन मद्दत पुर्याउनेछ।
अपील अदालतको २-१ निर्णयले ट्रम्प प्रशासनको अधिकारलाई समर्थन गरेको छ, जसले कर्मचारी र ठेक्का निर्णयमा हस्तक्षेप नगर्न भनेको हो। अदालतले पहिलेको अदालतको निर्णय गलत भएको बताएको छ ।
यो निर्णय ट्रम्प प्रशासनको १४ मार्चको कार्यकारी आदेशसँग मेल खाएको फक्सन्यूजले जनाएको छ जसले यूएस एजेन्सी फर ग्लोबल मिडियाको सुधार गर्न चाहेको थियो। क्यारी लेकले अगाडी भनिन् “अब हामी भिओएलाई २१ औं शताब्दीमा ल्याउन अघि बढ्न सक्छौं।”
यस आदेशको कारण लगभग १,३०० भ्वाईस अफ अमेरिकाका कर्मचारीहरूलाई कामबाट हटाइएको थियो । संस्थाको ८३ वर्ष पुरानो प्रसारण गतिविधि पहिलो पटक रोकिएको थियो।
यूएस एजेन्सी फर ग्लोबल मिडिया (USAGM) के हो :
यूएस एजेन्सी फर ग्लोबल मिडिया (USAGM) एक अमेरिकी संघीय निकाय हो जसको उद्देश्य विश्वभर अमेरिकी विचार र समाचार प्रसार गर्नु हो। यसको प्रमुख कार्य भनेको बाह्य राष्ट्रहरूमा अमेरिकी सरकारका दृष्टिकोण, नीतिहरू, र मूल्यहरूको प्रचार गर्नु हो। युएसएजिएमको मुख्य उद्देश्य भनेको नागरिकलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय भजानकारी उपलब्ध गराउनु हो, जसले लोकतान्त्रिक मूल्य र मानव अधिकारको प्रवर्धन गर्दछ।
प्रतिक्रिया