राष्ट्रसंघमा अमेरिकी प्रतिनिधिका रूपमा माइक वाल्ट्जको नाम ट्रम्पद्वारा घोषणा 

इनेप्लिज २०८२ वैशाख १८ गते १८:३९ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनका लागि संयुक्त राष्ट्रसंघका लागि नयाँ राजदूतको रूपमा पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जलाई मनोनयन गर्ने घोषणा गरेका छन्। 

यो घोषणा न्यूयोर्ककी सांसद एलिस स्टेफानिकले प्रतिनिधिसभामा आफ्नो सिट जोगाउन नाम फिर्ता लिएपछि आएको हो । 

“म खुशीका साथ घोषणा गर्दछु कि म माइक वाल्ट्जलाई संयुक्त राष्ट्रसंघका लागि अमेरिकाको नयाँ राजदूतको रूपमा मनोनयन गर्दैछु,” ट्रम्पले बिहीबार आफ्नो सामाजिक सॅजाल ट्रुथ सोसलमा लेखे।

ट्रम्पले वाल्ट्जको सैनिक सेवा, कंग्रेसमा उनको योगदान र राष्ट्रिय सुरक्षा सल्लाहकारको रूपमा उनले खेलेको भूमिकाको प्रशंसा गर्दै भने, “माइक वाल्ट्ज सधैं राष्ट्रको हितलाई पहिलो प्राथमिकता दिन्छन्। मलाई थाहा छ, उनले नयाँ भूमिकामा पनि यही प्रतिबद्धता देखाउनेछन्।”

यसैबीच, विदेशमन्त्री मार्को रुबियोलाई अस्थायी रूपमा राष्ट्रिय सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ। ट्रम्पले लेखे, “हामी मिलेर अमेरिका र संसारलाई फेरि सुरक्षित बनाउने अभियानमा निरन्तर संघर्ष गर्नेछौं। यो महत्त्वपूर्ण विषयमा तपाईंहरुको ध्यानाकर्षणप्रति धन्यवाद!”

प्रतिक्रिया