ईरानी सरकारी सञ्चार माध्यमले जनाए अनुसार ईरानको दक्षिणपश्चिमी बन्दर अब्बास बन्दरगाहमा भएको विशाल विस्फोटमा कम्तीमा ५ जनाको मृत्यु भएको छ भने ७०० भन्दा बढी घाइते भएका छन् ।
सामाजिक संजालमा थुप्रै त्यस्ता अनगिन्ती श्रब्यदृश्य (भिडियो ) र तस्बिरहरु शहिद राजाई पोर्ट कम्प्लेक्स( बन्दरगाह भवन)को भागबाट बाक्लो र खैरो धुवाँको ठूलो मुस्लो उठेको देखिन्छ । सरकारले विस्फोट रसायनिक पदार्थ भण्डारणसँग सम्बन्धित हुनसक्ने बताएको छ।
ईरानी आपतकालीन सेवाका प्रमुखका अनुसार विस्फोटमा ५ जनाको मृत्यु भएको पुष्टि गरिएको छ भने आपतकालीन सेवाका प्रवक्ताले पहिला ५१६ जना घाइते भएको बताएका थिए।
यो घटना त्यही दिन भयो जब ओमानमा इरान र अमेरिकाबीच तेहरानको द्रुत गतिमा अघि बढिरहेको आणविक कार्यक्रमबारे तेस्रो चरणको वार्ता चलिरहेको थियो।
मेहर समाचार निकाय (एजेन्सी)ले सार्वजनिक गरेको श्रब्यदृश्य (भिडियो)मा विस्फोटको क्षण सुरक्षा चित्रग्राहिणी (क्यामेरा)मा कैद भएको देखिन्छ, जुन सम्भवतः गोदाममा भएको थियो। अन्य श्रब्यदृश्य (भिडियो)मा उदग्रबिमान (हेलिकप्टर)ले आगो निभाउन पानी खसालिरहेको देखिन्छ।
राज्य सञ्चार माध्यमका अनुसार विस्फोटले बन्दरगाह परिसरका धेरै भवनहरू ध्वस्त पारेको छ । धेरै टाढासम्म झ्यालहरू फुटेका छन्के र गाडीहरुका सिसा समेत फुटेका छन् । भवनका भग्नावशेषमा मानिसहरू फसेको पनि उल्लेख गरिएको छ ।
क्षेत्रीय गभर्नर मोहम्मद अशूरी ताजियानीका अनुसार घाइतेहरूलाई स्थानीय अस्पतालमा सारिएको छ भने आगो नियन्त्रणमा आएको छ। बन्दरगाह अस्थायी रूपमा बन्द गरिएको छ।
ईरानी राष्ट्रपति मसुद पेसेशकियानले घटनाको छानबिनको आदेश दिएका छन्। उनले गृहमन्त्रीलाई तत्काल घटनास्थल पठाएको जानकारी दिएका छन्।
राज्य प्रसारक आइआरआइबिले विस्फोट रसायन र गन्धक क्षेत्रभित्र भएको जनाएको छ। सरकारी प्रवक्ता फातेमेह मोहाजेरानीले पूर्ण आगो नियन्त्रणमा नआउञ्जेल पुष्टि गर्न कठिन भएको तर प्रारम्भिक अनुसन्धानले रसायनसहितका ठूला भाडा (कन्टेनर)हरू विस्फोट भएको देखिएको बताए
शहीद राजाई बन्दरगाह ईरानको प्रमुख पोतभार (कार्गो )केन्द्र हो, जहाँ वार्षिक ७० मिलियन टन सामान राख्न सकिन्छ ।
प्रतिक्रिया