“राष्ट्रपति ट्रम्पको नेतृत्वमा ठूलो परिवर्तन: १३२ कार्यालय बन्द, ७०० जागिर कटौतीको तयारी”

इनेप्लिज २०८२ वैशाख १० गते ०:३८ मा प्रकाशित

अमेरिकी विदेश सचिव मार्को रुबियोले आज अमेरिकी राज्य विभागको पुनर्संरचना योजनाको पहिलो चरण सार्वजनिक गरेका छन्। सीएनएनले प्राप्त गरेका कागजात र एक वरिष्ठ अधिकारीका अनुसार यो योजना ऐतिहासिक स्तरको पुनर्गठन हो।

यस योजनाअन्तर्गत १३२ वटा घरेलु कार्यालयहरू बन्द गरिने भएको छ । त्यस्तै वासिङ्टन डीसीमा करिब ७०० पदहरू कटौती गरिनेछ ।

साथै युद्ध अपराध र विश्वव्यापी द्वन्द्वमा केन्द्रित कार्यालयहरू बन्द गरिनेछन् । यद्यपि तत्काल छानबिन या बर्खास्ती नहुने भनिए पनि अधिकारीहरूले कतिपय कर्मचारीहरू जागिर गुमाउन सक्ने संकेत दिएका छन्। वासिङ्टन मुख्यालयका ७०० पदहरू हटाइने योजना रहेको जानकारी दिइएको छ।

रुबियोले सामाजिक सञ्जालमा लेखे, “आजको दिन ऐतिहासिक छ। राष्ट्रपतिको डोनाल्ड ट्रम्पको नेतृत्वमा र मेरो निर्देशनमा हामी विदेश बिभागमा दशकौँ देखि ढिलासुस्ती काम गर्ने प्रवृत्ति र अनावश्यक झन्झट अन्त्य गर्दैछौं। यी ठुला परिवर्तनहरूले हाम्रा कुशल कूटनीतिज्ञहरूलाई अमेरिकाको हितमा काम गर्न सशक्त बनाउनेछ।”

पुनर्संरचनाबाट विभागका कार्यालयहरूको कुल संख्या ७३४ बाट घटेर ६०२ मा झर्नेछ। सुरुमा केवल घरेलु कार्यालयहरूमा परिवर्तन हुनेछ । विदेशस्थित दूतावास र बाणिज्यदुताबासहरूमा भने अझै परिवर्तन भएको छैन। परिवर्तनको हल्लाले बिभागभित्र डर र अनिश्चितता पनि उत्पन्न गरेको छ।

यस योजनाले विदेश विभागका कर्मचारीहरूमा त्रास र असमन्जस्य उत्पन्न गराएको जनाइएको छ। तर प्रशासनले यसलाई लक्ष्य–अनुरूपको संरचनामा रूपान्तरणको पहिलो चरणको रूपमा लिएको छ।

प्रतिक्रिया