अमेरिकाका ५० वटै राज्यहरुमा ट्रम्प शासनविरुद्ध राष्ट्रव्यापी प्रदर्शनहरुको आयोजना गरियो । ‘५०५०१ आन्दोलन’ नामक बिरोध प्रदर्शन अन्तर्गत अमेरिकाका सबै ५० राज्यमा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनविरुद्ध एकैसाथ विरोध प्रदर्शनहरू गरिए।
“५० विरोध, ५० राज्य, एक आन्दोलन” भन्ने नारासहित भएको यो अभियानले लोकतान्त्रिक संस्थाहरू र नागरिक स्वतन्त्रतामाथिको निरन्तर हमलाको विरोधमा जनताको आवाज बुलन्द गर्यो।
राज्य संसद, अदालत र नगर सभाहरूमा आयोजित ८० भन्दा बढी विरोध कार्यक्रमहरूमा सहभागीहरू ट्रम्प प्रशासनको कार्यकारी अतिरिक्त बिना प्रक्रिया गरिएको निर्वासन, संघीय निकायहरूको विघटन र उच्च शिक्षामाथिको खतराको विरोधमा उत्रिए।
गत अप्रिल १९ का दिन आयोजना भएको बिरोध प्रदर्शनका दिन केवल विरोध मात्र नभएर खाद्यान्न संकलन, सहयोग अभियानहरूजस्ता सामाजिक गतिविधिहरू पनि सम्पन्न भए, जसले प्रभावित समुदायहरूलाई राहत प्रदान गर्यो।
‘५०५०१’ की राष्ट्रिय संयोजक सारा पार्करले भनिन्, “हामी निरंकुश प्रवृत्तिको विरोध गर्दैछौं, फासीवादी नीतिहरू स्वीकार गर्दैनौं, र संविधानअन्तर्गतका हाम्रा अधिकारको विघटनलाई चुपचाप हेर्न सक्दैनौं।”
वाशिंगटन डिसीमा व्हाइट हाउस अगाडि प्रदर्शनकारीहरूले उपराष्ट्रपति जेडी भान्सको निवास समेत घेरे। ट्रम्प त्यसबेला भर्जिनियास्थित गल्फ क्लबमा थिए।
अवैधानिक रूपमा निर्वासित गरिएको किल्मार अब्रेगो गार्सियाको मुद्दालाई लिएर क्रोध चुलिएको छ। संविधानले सुनिश्चित गरेको प्रक्रिया नदिइकन गार्सियालाई एल सल्भाडोर पठाइएकोमा सरकारको व्यापक आलोचना भएको हो । प्रदर्शनकारीहरूले ट्रम्प प्रशासनको भ्रष्टाचारको अन्त्य, सामाजिक सुरक्षाको कटौती बन्द, आप्रवासी र समावेशी समुदायमाथिको आक्रमण रोक लगायत मुद्धा बिरुद्ध जुलुस प्रदर्शन गरेका हुन् ।
प्रतिक्रिया