“राष्ट्रपति ट्रम्पको कूटनीतिक सफलता: रूसमा एक वर्षदेखि बन्दी बनाइएकी अमेरिकी ब्यालेरिना क्यारेलिना स्वदेश फर्किइन्”

इनेप्लिज २०८१ चैत २७ गते ११:२० मा प्रकाशित

रूसमा एक वर्षभन्दा बढी समयदेखि अनुचित रूपमा थुनिएकी रूसी-अमेरिकी ब्यालेरिना केसेनिया क्यारेलिना अन्ततः मुक्त भएकी छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा उनी रूसबाट रिहा भई अमेरिका फर्किँदैछिन्।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बिहीवार बिहान सामाजिक सञ्जालमा लेखे, “केसेनिया क्यारेलिना अहिले अमेरिका फर्किने विमानमा छिन्। उनलाई रूसले अन्यायपूर्वक एक वर्षभन्दा बढी समय थुनामा राखेको थियो, र राष्ट्रपति ट्रम्पले उनको रिहा सुनिश्चित गर्नुभयो।”

क्यारेलिना सन् २०२४ को सुरुमा युक्रेनी दान (च्यारिटी)लाई करिब ५१ डलर दान गरेको आरोपमा रूसले उनलाई देशद्रोहको अभियोगमा १२ वर्षको सजाय सुनाएको थियो। सुरुमा उनी ‘सामान्य उपद्रव’ को आरोपमा थुनिएकी थिइन्, तर पछि उनलाई अमेरिकी जासूस ठहर गर्दै गम्भीर आरोप लगाइएको थियो।

रूसले क्यारेलिनालाई अमेरिकी हिरासतमा रहेका जर्मन-रूसी नागरिक आर्थर पेट्रोभसँग साटोमा रिहा गरेको हो। अमेरिकी गोप्य माइक्रोइलेक्ट्रोनिक्स( सूक्ष्म-विद्युतीय ) निर्यात गरेको आरोपमा पेट्रोभ सन् २०२३ मा साइप्रसमा पक्राउ परेका थिए,

क्यारेलिनाका प्रेमी, मुक्केबाज चिस भान डिरडेनका अनुसार, उनी राजनीति वा युद्धसँग सम्बन्धित कुरामा संलग्न थिइनन्। “उनी रुसी भएकोमा गर्व गर्छिन् र समाचार पनि हेर्दिनन्,” उनले भनेका थिए।

क्यारेलिनालाई सन् २०२४ अगस्तमा भएको ठूलो कैदी विनिमयमा सामेल गरिएको थिएन। राष्ट्रपति ट्रम्पको नेतृत्वमा मार्स फोगेलपछि उनी दोस्रो अमेरिकी नागरिक हुन्, जसलाई विदेशबाट सफलतापूर्वक फर्काइएको हो।

प्रतिक्रिया