अमेरिकाको मिजोरी राज्यको क्यान्सस शहर स्थित गिर्जाघरका पादरीको गोली हानी हत्या — समुदाय शोकमा

इनेप्लिज २०८१ चैत २१ गते ११:१७ मा प्रकाशित

अमेरिकाको मिजोरी राज्यको क्यान्सस शहरको गिर्जाघर(चर्च)का पादरीको गोली हानी हत्या गरिएको छ ।

क्यान्ससको उत्तरपूर्वी सहर सेनेकामा एक क्याथोलिक पुरोहितलाई गोली हानी हत्या गरिएको छ। पादरी अरुल करासालालाई बिहीबार गिर्जाघर (चर्च)को रेक्टोरी (पुरोहित बस्ने निवास) मा एक व्यक्तिले तीन पटक गोली हानेको स्थानीय अधिकारी र चर्चका पदाधिकारीहरूले जनाएका छन्।

क्यान्सस शहरका गिर्जाघरको मुख्य धर्मअध्यक्ष (आर्चबिशप )जोसेफ नौमन ले सामाजिक संजालमार्फत भने, “पादरी अरुल करासालाको दुःखद निधनको खबर साझा गर्नुपर्दा मेरो मन अत्यन्तै दुःखी छ। यो हिंसात्मक र निरर्थक घटनाले हामीलाई प्रिय पुरोहित, नेता र साथी गुमाएको पीडामा डुबाएको छ।*”

पादरी करासाला भारतमा सन् १९९४ मा पुरोहित अभिषेक भएका थिए र सन् २००४ देखि क्यान्ससमा सेवा दिँदै आएका थिए। सन् २०११ देखि उनी सेन्ट्स पिटर एन्ड पाउल क्याथोलिक गिर्जाघरमा पादरीका रूपमा कार्यरत थिए। उनी त्यही वर्ष अमेरिकी नागरिक पनि बनेका थिए।

गिर्जाघरको सामाजिक संजालका अनुसार, उनलाई गिर्जाघर परिसरमै गोली हानिएको थियो र अस्पतालमा मृत घोषणा गरिएको थियो।

धार्मिक शिक्षा निर्देशक क्रिस एन्डरसन*का अनुसार, “एकजना वृद्ध व्यक्ति पादरी कहाँ आएर तीन पटक गोली हानेको हामीलाई थाहा छ। तर, हाम्रै समुदायको व्यक्ति हो वा होइन भन्ने अझै स्पष्ट छैन।”

संदिग्ध आक्रमणकारीलाई नियन्त्रणमा लिइएको बताइएको छ, तर प्रहरीले थप जानकारी दिन अस्वीकार गरेको छ। अनुसन्धानको जिम्मा नेमाहा काउन्टी अधिवक्ता ब्राड लिप्पर्टसँग रहेको जनाइएको छ ।

सेनेका शहर करिब २,१०० जनसंख्याको सानो तर धार्मिक दृष्टिले सक्रिय समुदाय हो, जहाँ यस्तो घटना पहिलोपटक भएको बताइएको छ।

प्रतिक्रिया