१९ राज्यका महान्यायाधीवक्ताहरूद्वारा ट्रम्पविरुद्ध चुनावी कार्यकारी आदेशमा मुद्दा दायर

इनेप्लिज २०८१ चैत २१ गते १:४१ मा प्रकाशित

१९ वटा अमेरिकी राज्यका महान्यायाधीवक्ताहरूको गठबन्धनले राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो चुनाव प्रशासनसम्बन्धी कार्यकारी आदेशविरुद्ध मुद्दा दायर गरेका छन्। उनीहरूले उक्त आदेश असंवैधानिक रहेको दाबी गरेका छन्।

मुद्दामा राष्ट्रपति ट्रम्पसहित उनका प्रशासनका अन्य सदस्यहरूलाई प्रतिवादी बनाइएको छ। मुद्दा दायर गर्ने महान्यायाधीवक्ताहरूका नुसार यो आदेशले राज्यहरूलाई आफ्नै चुनाव संचालन गर्ने अधिकार खोस्ने प्रयास गरेको छ र “राज्यहरूलाई राष्ट्रपति ट्रम्पको नीतिगत कार्यसूचीको साधनसरह व्यवहार गरेको” आरोप लगाइएको छ।

यो मुद्दामा सहभागी राज्यहरूमा एरिजोना, क्यालिफोर्निया, कोलोराडो, कनेक्टिकट, डेलावेयर, हवाई, इलिनोइ, मेन, म्यासाचुसेट्स, मेरिल्याण्ड ,मिशिगन, मिनेसोटा, नेभादा, न्यू जर्सी, न्यू मेक्सिको, न्यूयोर्क, रोड आइल्याण्ड, भर्मन्ट र विस्कोन्सिन रहेका छन्।

प्रतिक्रिया