अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः एक पटक संघिय न्यायाधीशलाई कडा आलोचना गरेका छन्। उक्त न्यायाधीशले ट्रम्प प्रशासनको ट्रेन दे आरागुवा नामक गिरोहका सदस्यहरूमाथि लक्षित निर्वासन उडानहरू रोक्ने निर्णय गरेका थिए।
ट्रम्पले आफ्नो सामाजिक संजाल ट्रुथ सोसल मचंमा न्यायाधीश जेम्स बोआसबर्गलाई लक्षित गर्दै उनलाई “राष्ट्रपतिको शक्तिलाई खोस्ने प्रयास” गरेको आरोप लगाए। उनले बोआसबर्गलाई “स्थानीय र कम चर्चित न्यायाधीश” भन्दै उनलाई “ध्यानाकर्षणको खोजीमा रहेका व्यक्तित्व” भनेर वर्णन गरे।
ट्रम्पले न्यायाधीशको निर्णयलाई “मूर्खतापूर्ण र अक्षम” भन्दै आलोचना गर्दै भने, “यस्ता निरर्थक निर्णयहरूको पछाडि चर्चामा आउन बाहेक अन्य कुनै कारण देखिँदैन।”
ट्रम्पको यस आलोचनाले अमेरिकी न्यायिक प्रणाली र कार्यकारी शक्तिबीचको तनावलाई फेरि सतहमा ल्याएको छ।
बोआसबर्गले देश निकाला उडानहरूको बारेमा थप जानकारी मागेका थिए । अधिकारीहरूले ती उडानहरू फर्काउन असफल भए। ट्रम्प प्रशासनले अहिलेसम्म देश निकाला गरिएका कथित गिरोह सदस्यहरूको नाम सार्वजनिक गरेको छैन।
बोआसबर्गले सरकारलाई मार्च २५ सम्म कारण देखाउन आदेश दिएका छन् । उनले सरकारलाई ट्रम्पको मन्त्रीमण्डलमा राज्य गोपनीयता विशेषाधिकारको बारेमा छलफलमा संलग्न एक व्यक्तिबाट शुक्रबार बिहान १० बजे सम्म शपथ पत्र पेश गर्न र मार्च २५ सम्म गोपनीयता विशेषाधिकार लागू गर्ने योजनामा रहेको छ कि छैन भन्ने बताउन अनुरोध गरेका छन्।
प्रतिक्रिया