अमेरिकाको म्यासाचुसेट्स राज्यमा म्यासाचुसेट्स अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन ( आइसिइ)तथा लागूऔषध प्रवर्तन प्रशासन (डिइए)ले गत मंगलबार नान्टकेट टापुमा संयुक्त कारवाही( छापा) सञ्चालन गरी केही गैरकानुनी आपराधिक आप्रवासी पक्राउ गरेका छन्।
अधिकारीहरूका अनुसार पक्राउ पर्नेहरुमा अपहरण र घरेलु हिंसामा संलग्न एक व्यक्ति र एक महिला पनि रहेकी छन् ।
तर उनीहरूको पहिचान सार्वजनिक गरिएको छैन। कारबाहीमा अमेरिकी तटरक्षक बलले गुप्तचरहरुलाई टापुबाट मुख्य भूमिमा लैजान सहयोग गरेको थियो ।
यसैगरी स्थानीय नान्टकेट प्रहरी विभागले उनिहरुलाई स्थान पत्ता लगाउन जानकारी प्रदान गरेका थिए ।
यसअघि २०२४ सेप्टेम्बरमा आइसिइले नान्टकेटमा पाँच आपराधिक आप्रवासी पक्राउ गरेको थियो।
फेब्रुअरी २०२५ मा मात्र आइसिइले देशभरि ९ दिनमा ७,२०० भन्दा बढी गैरकानुनी आप्रवासी पक्राउ गरिसकेको छ।
प्रतिक्रिया