ट्रम्प प्रशासनले १ बिलियन डलरको बाइडेनकालीन खाद्य कार्यक्रम कटौती गरेको छ ।
अमेरिकी कृषि विभाग (युएसडिए ) ले ट्रम्प प्रशासनको निर्णयअनुसार १ बिलियन (अर्ब)को खाद्य कार्यक्रम बन्द गर्ने पुष्टि गरेको छ । जसअन्तर्गत विद्यालयहरू र खाद्य बैंकहरूले स्थानीय किसानहरूबाट खाद्य सामग्री किन्न पाउने व्यवस्था गरिएको थियो।
यो स्थानीय खाद्य कार्यक्रम पूर्व राष्ट्रपति जो बाइडेनद्वारा सुरू गरिएको थियो जसले किसान तथा पशुपालकहरूलाई समर्थन गर्नुका साथै महामारीका कारण आर्थिक रूपमा प्रभावित परिवारहरूलाई सहयोग गर्ने उद्देश्य राखेको थियो।
तर अमेरिकी कृषि विभागले लिखित विज्ञप्तिमा दीर्घकालीन आर्थिक जिम्मेवारी कायम गर्ने नीतिअनुसार यो निर्णय गरिएको बताएको छ।
कोभिड युग समाप्त भइसकेको छ । अमेरिकी कृषि विभागको पोषण कार्यक्रमहरू त्यस यथार्थलाई प्रतिबिम्बित गर्ने गरी अगाडि बढ्ने युएसडिएले बताएको छ । निकायका अनुसार १६ वटा अन्य पोषण कार्यक्रमहरू भने अझै सञ्चालनमा रहनेछन्।
तर, यस कदमलाई धेरै सामाजिक संघसंस्थाहरूले खाद्य सुरक्षामाथि असर गर्ने निर्णय भन्दै आलोचना गरेका छन्।
प्रतिक्रिया