अमेरिकी जिल्ला न्यायाधीशले ट्रम्प प्रशासनलाई शरणार्थी पुनर्स्थापना लागि सम्झौताहरू रद्द गर्न अनुमति दिएका छन् । यो अनुमति संगै अमेरिकी क्याथोलिक बिशप्स सम्मेलन र विदेश विभागको अमेरिकी शरणार्थी भर्ना कार्यक्रम बीचका ६५ मिलियन डलरका सम्झौताहरू समाप्त गरिनेछन्। यो निर्णय पछिल्लो महिना ट्रम्प प्रशासनले यी सम्झौताहरू रद्द गर्ने निर्णय गरेको पछि आएको हो।
न्यायाधीश ट्रेभर म्याकफेडन, जो ट्रम्पले नियुक्त गरिएका न्यायाधिश हुन् । उनले सम्झौताहरू रद्द गर्न रोक्नको लागि राखिएको निवेदन अस्वीकार गर्दै अदालतसँग यस मामलामा हस्तक्षेप गर्ने अधिकार छैन भनि निर्णय दिए । उनले यो विवाद केवल एक सम्झौतासम्बन्धी मुद्दा भएको र यो विषय संघीय दावी अदालतमा समाधान गर्नुपर्ने उल्लेख गरे। म्याकफेडनले कार्यक्रममा संलग्न भावनात्मक महत्त्वलाई स्वीकार गरे तापनि अदालतको भूमिका अमेरिकी संविधानको संरचनाद्वारा सीमित रहेको बताएका छन्।
अमेरिकी क्याथोलिक बिशप्स सम्मेलन (युएससिसिबि ) जसले युएसआरएपीमा १० वटा संस्थाहरूसँग मिलेर काम गरि रहेको छ ।
यो निर्णयले यी सम्झौताहरू रद्द हुनु शरणार्थी पुनर्स्थापना कार्यलाई गम्भीर रूपले असर पुर्याउने दाबी गरेको छ । यो निर्णय ट्रम्प प्रशासनको शरणार्थी भर्ना घटाउने व्यापक प्रयासको हिस्सा मानिन्छ ।
प्रतिक्रिया