अमेरिकाको टेक्सस राज्यको ह्युस्टन क्षेत्रमा साता लामो छापामा ६०० भन्दा बढी अवैध आप्रवासीहरुलाई पक्राउ गरिएको फक्स५सानडिएगोले जनाएको छ ।
संघीय, राज्य र स्थानीय कानून प्रवर्तनले ह्युस्टन क्षेत्रको एक हप्ता लामो लक्षित प्रवर्तन छापामा ६०० भन्दा बढी अवैध आप्रवासीलाई पक्राउ गरेको अमेरिकी आप्रवासन र सीमा शुल्क प्रवर्तन (आइसिइ ) का अधिकारीहरूले बताएका छन् ।
आइसिइका अनुसार, २३ फेब्रुअरीदेखि २ मार्चसम्म सञ्चालन गरिएको कारवाहीमा कुल ६४६ अवैध आप्रवासीलाई पक्राउ गरिएको छ। जसमा ५४३ जना अपराधी आरोपित र सात जना सम्भावित गिरोह सदस्यहरू रहेका छन्।
ह्युस्टन क्षेत्र भनेको त्यस्तो स्थान हो जहाँ आप्रवासीहरू, जो तामाउलिपास मेक्सिकोबाट अमेरिकी सीमा नाघेर दक्षिण टेक्ससको रियो ग्राण्डे भ्यालीमा प्रवेश गर्छन्, । आप्रवासीहरुको प्रायः आउने यही गन्तव्य स्थल हो।
आइसिइका अनुसार ५४३ जना व्यक्तिहरू अमेरिकामा नागरिकता प्रमाणपत्र बिना बसिरहेका थिए । अवैध रूपमा अमेरिकामा उपस्थित हुँदा उनीहरूले अपराध गरिसकेका या दोषी ठहर भै सकेका छन्।
आइसिइले यस्तो विवरण दिएको छ । १४० जना जसलाई गम्भीर अपराध वा अन्य हिंसात्मक अपराधको आरोप लागेको छ । जस्तै हत्या, आक्रामक आक्रमण, तथा घरेलु हिंसा ।
त्यस्तै ३४ जना जसलाई यौन अपराध वा बाल यौन अपराधको आरोप लागेको छ । जस्तै नाबालिगको विरुद्धमा आक्रामक यौन आक्रमण, बाल यौन अश्लीलता राख्नु, वा बलात्कार रहेका छन् ।
यसै गरि ३८ जना जसलाई अवैध हतियार सम्बन्धी अपराधको आरोप लागेको छ ।
त्यस्तै ५२ जना जसलाई अवैध मादक पदार्थ सम्बन्धी अपराधको आरोप लागेको छ । जस्तै मादक पदार्थको तस्करी आदी आरोप लागेको छ । आइसिइका अनुसार ५१ जना चोरी तथा लुटपाटमा आरोप लगाईएको छ । उनीहरुलाई सम्पत्ति सम्बन्धी अपराधको आरोप लागेको छ ।
यसै गरि ९३ जनालाई मदिरा सेवन गरी गाडी चलाएको आरोप लागेको छ।
पछिल्ला वर्षहरूमा संसारका केही सबैभन्दा खतरनाक भगोडाहरू, अन्तर्राष्ट्रिय गिरोह सदस्यहरू र आपराधिक अप्रवासीहरूले हाम्रो देशको दक्षिणी सीमाको संकटको फाइदा उठाउँदै अवैध रूपमा अमेरिका प्रवेश गरेका छन्,आईसिइ ह्युस्टन क्षेत्रीय कार्यालयका निर्देशक ब्रेट ब्राडफोर्डले भने । अवैध रूपमा देशमा प्रवेश गरेपछि यी आपराधिक अप्रवासीहरूले हिंसात्मक अपराध गर्न थाले र कानून मानेका नागरिकहरूलाई आतंकित गरेको उनले बताए ।
हामी हाम्रो समुदायलाई सुरक्षा दिन प्रतिबद्ध छौ । र ,यी खतरनाक आपराधिक अप्रवासीहरूलाई हटाउन र उनीहरूले फैलाएको कानूनी अपवित्रता अन्त्य गर्न एकजुट भएका छौं,उनले भने ।
प्रतिक्रिया