राष्ट्रपति डोनाल्ड ट्रम्पले टेस्लाको बजार खस्किदै गर्दा टेस्ला किन्ने बताएका छन्।
इलन मस्कले एकैदिनमा २९ बिलियन गुमाएको व्लुमवर्गले जनाएको छ ।
मस्क र ट्रम्पबीचको सम्बन्ध पछिल्लो समय झन् नजिकिएको देखिन्छ।
तर, मस्कका व्यवसायहरू भने संकटमा परेका देखिन्छन ।टेस्लाको बजार सेयर १५% तल झरेको छ ।
यसैगरि एक्सको बजार पनि खस्किएको छ भने स्पेसएक्सको अर्को रकेट विस्फोट हुदा मस्कको सम्पत्तिमा ठूलो असर पनि परेको छ ।जसले मात्र एक दिनमा २९ विलियन डलर गुमाए।
मस्कले सरकारको दक्षता सुधार गर्ने भन्दै नयाँ विभागको नेतृत्व गरिरहेका छन्, जुन कतिपयका लागि आवश्यक सुधार हो भने कतिपय आलोचकहरूले यसलाई ‘अलोकतान्त्रिक नियन्त्रण’ भन्दै विरोध गरेका छन्।
ट्रम्पले टेस्ला किन्नु भन्नुको साथै मस्कको उनके प्रशंसा गर्नु पनि चासोको विषय हो।
प्रतिक्रिया