मेरिल्याण्डमा अमेरिकी अध्यागमन सम्बन्धी ट्रम्प प्रशासनका नीति,कारवाही र गतिबिधिबारे अधिवक्ता बासु फुलाराद्वारा विशेष जानकारी

इनेप्लिज २०८१ फागुन २७ गते १:०४ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्डमा अमेरिकी अध्यागमन सम्बन्धी ट्रम्प प्रशासनका नीति,कारवाही र गतिबिधि बारे न्यूयोर्कका अधिवक्ता बासु फुलाराले विशेष जानकारी गराए । गत मार्च ९ आइतबारका दिन दिउसो २ बजे मेरिल्याण्ड राज्यको बाल्टिमोर क्षेत्रमा आयोजना गरिएको कार्यक्रममा यस क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायको साथै बिधार्थी ,बिभिन्न संघ/संस्थाहरुबाट प्रतिनिधित्व लगायतको उपस्थितिमा कार्यक्रम भव्यताको साथ सम्पन्न गरियो ।

कार्यक्रम दुई भागमा विभाजित गरिएको थियो भने पहिलो चरणमा छोटो मन्तब्य कार्यक्रम मात्र राखिएको थियो । यो कार्यक्रमको आयोजना एनआरएनए अमेरिका, एएनए ,एनआरएनए मेरिल्याण्ड च्याप्टर(शाखा)तथा ,एनआरएनए भर्जिनिया च्याप्टरको सयुक्त प्रयासमा आयोजना गरिएको थियो ।

अनौपचारिक रुपमा कार्यक्रम आयोजना गरिएता पनि मुख्य रुपमा अमेरिकामा आप्रवासीहरुको निष्काशन ,पक्राउ लगायत अध्यागमन सम्बन्धी ट्रम्प प्रशासनका नीति,कारवाही र गतिबिधि बारे अधिवक्ता बासु फुलाराले सरल भाषामा स्पष्ट पारे ।

त्यहा उपस्थित भएका नेपाली समुदायहरु मन्तब्य भन्दा अधिवक्ता फुलाराको कुरा सुन्न र जिज्ञाशा राख्न आएका थिए । अधिवक्ता फुलाराले अध्यागमन र ट्रम्प प्रशासनको छापा,बिद्यार्थी तथा अन्य सर्वसाधारणले आईसिईसँग कसरी सामना गर्ने ,पक्राउ परेमा के के भन्ने लगायत अन्य थुप्रै कुराको जानकारी दिए ।

आफ्ना कुराहरु राखे पछि त्यहा उपस्थित हुने केहीले जिज्ञाशा राखेका थिए । उनले थुप्रै महत्वपूर्ण जानकारी दिए । अमेरिकी नागरिकता लिएता पनि झन्झटबाट मुक्त हुन् साथमा लिएर हिड्दा राम्रो हुने, सार्वजनिक सवारी साधनमा हिड्दा त्यतिको भयभित भै हाल्नु पर्ने अवस्था नभएको ,अहिलेको अवस्थामा मेक्सिकोमा अमेरिका छिर्न प्रतिक्षारत भएमा आफ्नो देश फर्कन उनले सुझाव दिए ।

अमेरिकामा हालसालै आएका नेपाली समुदायले शरणार्थी (एसाइलम् )बन्ने इच्छा राखेको छ भने केही समयको लागि यस्तो विचार त्याग्न समेत अधिवक्ताले सिफरिस गरे । साथै आईसिईले पक्राउ गर्दा आँखा जुधाएर र नरम संग अदालतको कागजात छ या छैन भनेर आफूले जिज्ञाशा राख्न सकिने बताए ।

साथै स्थायी आवासीय पत्र (ग्रीन कार्ड)को आवेदन दिएका तर सामाजिक संजालमा जन्म मिती फरक राख्ने ,नाम फरक राख्ने ,ट्रम्प प्रशासन बिरुद्ध टीका टिप्पणी गर्ने आदीबाट टाडा रहन उनले आग्रह गरे ।

आयोजकको तर्फबाट एनआरएनए अमेरिकाका अध्यक्ष अर्जुन बन्जाडे( विद्या वारिधी )ले एनआरएनएका ताजा गतिबिधिहरुको बारेमा चर्चा गरे । त्यस्तै एएनएका अध्यक्ष खगेन्द्र अधिकारीले शुभकामना दिएका थिए भने एनआरएनए मेरिल्याण्ड च्याप्टर(शाखा)का अध्यक्ष कूल गुरुंगले धन्यबाद दिएका थिए ।

अमेरिकामा जनवरी २० देखि राष्ट्रपति डोनाल्ड ट्रम्पले सपथ लिए पछि आप्रवासन सम्बन्धी कडा नीति लागू गरेको र हालसालै महिलासहितलाई नेपाल देश निकाला गरिएको कारण बिधार्थी लगायत धेरै नेपाली समुदायहरुमा मानसिक तनाव सिर्जना समेत भएकोले यो गर्न अपरिहार्य भएकोले सयुक्त रुपमा कानुन ब्यबसायीलाई उपलब्ध गराई समुदायको फाइदाको लागि कार्यक्रम आयोजना गरिएको हो ।

अधिवक्ता बासु फुलाराको विशेष जानकारी लिन यहाँ थिच्नु होला :

https://www.facebook.com/share/v/18hR2ctBap

प्रतिक्रिया