राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार रुसमाथि नयाँ कडा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।
जस्मा बैंकिङ क्षेत्रमा लक्षित प्रतिबन्धहरू र व्यापार कर समावेश हुन सक्ने सिएनएनले समाचारमा जनाएको छ ।
तर, युक्रेनविरुद्धको निरन्तर बमबारीका कारण उनले अब कडा कदम चाल्ने संकेत दिएका छन्।
ट्रम्पले आफ्नो सामाजिक सॅजाल ट्रुथ सोसल मा लेख्दै भने, “रुसले अहिले युक्रेनलाई अत्यन्तै ‘प्रहार’ गरिरहेको छ। त्यसकारण, म व्यापक बैंकिङ प्रतिबन्ध, व्यापार कर र अन्य आर्थिक नाकाबन्दीबारे गम्भीर रूपमा विचार गरिरहेको छु। जबसम्म युद्धविराम र अन्तिम शान्ति सम्झौता हुँदैन, यी प्रतिबन्धहरू जारी रहनेछन्।” साथै, उनले “रुस र युक्रेन, वार्ताको टेबलमा आउन भन्दै तत्काल वार्ता गर्न दुवै पक्षलाई आग्रह गरेका छन्।
यो चेतावनी ट्रम्प, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र अमेरिकी उपराष्ट्रपति जेडी भान्सबीच भएको ओभल कार्यलय बैठकपछि आएको हो। सो बैठकमा विवाद उत्पन्न भएपछि जेलेन्स्कीलाई ह्वाइट हाउस छोड्न भनिएको थियो। त्यसयता, अमेरिकाले युक्रेनलाई गुप्तचर जानकारी र सैन्य सहायता रोक्ने निर्णय गरेको छ।
विश्लेषकहरूका अनुसार ट्रम्पको नयाँ चेतावनीले रुसमाथि दबाब सिर्जना गर्न सक्ने भए पनि युद्धको स्थायी समाधानका लागि अमेरिका र पश्चिमी सहयोगी देशहरूले अझ प्रभावकारी कूटनीतिक पहल आवश्यक पर्नेछ।
प्रतिक्रिया