रुसले बिहीबार रातभरि युक्रेनको ऊर्जा र ग्यास पूर्वाधारमा ठूलो क्षेप्यास्त्र र मानवरहित यान (मिसाइल तथा ड्रोन )हमला गरेको छ। युक्रेनी वायु सेनाका अनुसार यो आक्रमणमा २६१ वटा मिसाइल र ड्रोन(क्षेप्यास्त्र र मानव रहित यान) प्रयोग गरिएका थिए। एबिसीन्यूजका अनुसार पहिलो पटक युक्रेनले एफ-१६लडाकु विमानसँगैमराज २००० युद्धबिमानहरू प्रयोग गरेर यो हमलालाई रोक्ने प्रयास गर्यो।
यो आक्रमण युद्धको सबैभन्दा ठूलो हवाई हमलामध्ये एक हो। पछिल्ला महिनाहरूमा रुसले युक्रेनी शहरहरूमा मानव रहित यान (ड्रोन )आक्रमणको संख्यामा उल्लेखनीय वृद्धि गरेको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले यस हप्ताको सुरुवातमा रुसमाथि दबाब निरन्तर बढाइरहनुपर्ने बताएका थिए। तर, त्यसको भोलिपल्ट अमेरिकाले युक्रेनलाई गुप्तचर जानकारी साझेदारी गर्न रोकेको पुष्टि गरेको थियो।
राष्ट्रपति डोनाल्ड ट्रम्पकोनिर्णय अनुसार अमेरिकाले युक्रेनलाई सैन्य सहायता र खुफिया जानकारी साझेदारी स्थगित गरेको छ। यो निर्णय गत हप्ताको व्हाइट हाउसको ओभल कार्यालय( अफिस) बैठकमा ट्रम्प र जेलेन्स्कीबीचको विवादपश्चात् आएको हो।
जानकारी साझेदारी रोकिएपछि रुसी हमलाहरू अझ बढ्न सक्ने सम्भावना देखिएको छ। विशेष गरी वायु रक्षा पद्धति कमजोर हुँदा युक्रेनलाई ठूला क्षति हुन सक्ने विश्लेषकहरूले बताएका छन्।
अमेरिकी गुप्तचरले युक्रेनलाई रुसी मानव रहित यान तथा क्षेप्यास्त्रहरुको आ क्रमणहरूको पूर्व सूचना दिने, रुसी लडाकु विमानको गतिविधि पत्ता लगाउने र हमलाको पूर्वानुमान गर्न मद्दत गर्दै आएको थियो।
अब, यो साझेदारी रोकिएको कारण युक्रेनमाथि रुसी आक्रमणहरू अझ प्रभावकारी हुन सक्ने खतरा बढेको छ।
प्रतिक्रिया