बिश्व कै धनाढ्य व्यक्ति तथा हाल ट्रम्पका सल्लाहकार तथा सरकारी दक्षता बिभागका प्रमुख इलन मस्कले ६५ बिलियन डलर बचाएको दाबी गरेका छन् ।
संघीय खर्च कटौतीको दाबीलाई लिएर अहिले निकै विवाद उत्पन्न भएको छ। सरकारी दक्षता बिभाग अर्थात् डिओजीइले संघीय कोषमा ६५ बिलियन डलर बचत गरेको दाबी गरे पनि हाल उपलब्ध प्रमाणहरूले केवल बिलियन अर्बको बचत देखाएको एबिसीन्यूजले जनाएको छ ।
सरकारी दक्षता बिभागका दाबी र वास्तविकता :
सरकारी दक्षता बिभागले विभिन्न संघीय सम्झौताहरू रद्द गरेर, ठेक्का पुनः वार्ता गरेर, सम्पत्ति बिक्री गरेर, अनुदान रद्ध गरेर, कर्मचारी कटौती गरेर, र नियामक सुधारमार्फत बचत गरेको बताएको छ।
९.६ बिलियन डलर ठेक्का रद्द गरेर बचत भएको छ। १४४ मिलियन भाडा सम्झौता (लिज) रद्ध गरेर जोगाइएको दाबी गरिएको छ। सरकारी दक्षता बिभाग(डिओजीइ)ले दाबी गरेको बाँकी रकमको कुनै ठोस विवरण सार्वजनिक गरिएको छैन।
त्रुटिपूर्ण विवरणहरू :
सरकारी दक्षता बिभाग(डिओजीइ)को सार्वजनिक तथ्यांक प्रणालीमा विभिन्न अनियमितता भेटिएका छन् । अघिल्लो हप्ता ८ बिलियन बचत दाबी गरिएको सम्झौता पछि ८ मिलियनमा सच्याउनु परेको थियो।
तीनवटा ६५५ मिलियन डलरको सम्झौता युएसएआई डीमा तीनपटक गणना गरिएको थियो, जुन गल्ती थियो। ८०० भन्दा बढी सम्झौताहरू सूचीमा समावेश छन्, जुन पहिल्यै पूरा भइसकेका थिए, जसले कुनै वास्तविक बचत गर्दैन।
त्यस्तै राष्ट्रिय स्वास्थ्य सँस्था (एनआईएच)को एउटा सम्झौतामा डिओजीईले १४९ मिलियन बचत दाबी गरे पनि वास्तविक सम्झौताको रकम केवल १.४ मिलियन डलर मात्र थियो।
सरकारी दक्षता बिभाग(को पारदर्शिता र आलोचना :
सरकारी दक्षता बिभागले आफ्नो संजालस्थल (वेबसाइ)टमा सार्वजनिक तथ्याँक उपलब्ध गराएको भए पनि धेरै सम्झौताहरूको विस्तृत विवरण दिइएको छैन। कतिपय सम्झौताहरू पहिल्यै रद्द भएका थिए, जसलाई सरकारी दक्षता बिभागले हालैको कार्यजस्तो देखाएको छ। सरकारी सम्झौताहरूको वास्तविक खर्च र तिनीहरूको अधिकतम अनुमानित लागत बीच ठूलो भिन्नता हुन्छ, तर सरकारी दक्षता बिभागले बचतको गणना अधिकतम लागतबाट घटाएर गरेको छ, जुन अपारदर्शी मानिन्छ।
इलन मस्कले डिओजीइ अधिकतम पारदर्शी रहने बताएका छन् । ट्रम्पले पनि सरकारी दक्षता बिभागको कार्यको प्रशंसा गर्दै यसलाई “ठगी र अपचलन रोक्ने प्रयास” भनेका छन्। इलन मस्कले सरकारी दक्षता बिभागबाट गल्तीहरू हुन सक्छन्, तर उनले तिनीहरूलाई छिट्टै सुधार्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
साथै, मस्कले ट्रम्प प्रशासनका मन्त्रीहरूलाई “सर्वश्रेष्ठ मन्त्रिमण्डल ” भनेर प्रशंसा गरेका छन्।
प्रतिक्रिया