ट्रम्पद्वारा बाइडेनले भेनेजुएलासॅग गरेको सम्झौता रद्ध गरेको घोषणा 

इनेप्लिज २०८१ फागुन १४ गते २०:०० मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्प पूर्व राष्ट्रपति जो बाइडेनले भेनेजुएलासॅग गरेको सम्झौता रद्ध गरेको घोषणा गरेका छन्।

उनले आफ्नो सामाजिक सॅजाल ट्रुथ सोसल मार्फत उक्त सम्झौता रद्ध गरेको घोषणा गरे । ट्रम्पले बाइडेनले भेनेजुएलाका तानाशाह निकोलस मडुरोलाई दिएको अनावश्यक र राष्ट्रहितविरोधी छुटहरू फिर्ता लिने जनाए । नोभेम्बर २६, २०२२ मा भएको तेल कारोबार सम्झौता मात्र नभई भेनेजुएलाभित्रको चुनावी प्रक्रिया सुधार गर्ने शर्तहरू पनि समावेश रहेकोमा माडुरो शासनले पूरा गर्न अस्वीकार गरेको आरोप लगाएका छन्।

त्यसैगरी, मडुरो शासनले अमेरिकाभित्र पठाएका हिंस्रक अपराधीहरूलाई सहमतिअनुसार छिटो फिर्ता पठाउनु पर्ने तर उनीहरूले त्यो पनि पूरा नगरेको भन्दै घोषणा गरेका हुन्।

यस कारण म बाइडेन प्रशासनको असफल र कमजोर “छुट सम्झौता” लाई तुरुन्तै रद्द गर्ने आदेश दिन्छु, जुन मार्च १ मा नवीकरण हुने प्रक्रियामा थियो, उनले भने।

यो हाम्रो राष्ट्रको सुरक्षासँग जोडिएको गम्भीर विषय हो भन्दै  सबैलाई यसमा ध्यान दिन ट्रम्पले आग्रह गरेका छन्।

प्रतिक्रिया