युनाइटेड एयरलाइन्सको एउटा विमान न्यु जर्सीको विमानस्थलमा आपत्कालीन अवतरण गर्न बाध्य , १७६ जना यात्रुहरु सकुसल अवतरण

इनेप्लिज २०८१ फागुन १३ गते १७:५४ मा प्रकाशित

अमेरिकाको प्रसिद्ध विमानसेवा युनाइटेड एयरलाइन्सको एउटा विमान लगभग १७६ जना यात्रु सवार उडानको क्रममा “संभावित यान्त्रिक समस्या” देखा परेपछि न्यु जर्सीको नेवार्क लिबर्टी अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन अवतरण गर्न बाध्य भएको विमानसेवाले जनाएको छ।

बोइङ ७५७ विमान नेवार्क विमानस्थलबाट बिहान करिब ६ बजे उडान भरेको थियो । उक्त विमान लस भेगासको ह्यारी रिड अन्तर्राष्ट्रिय विमानस्थलतर्फ गइरहेको थियो।

उडानको करिब एक घण्टापछि विमानचालकहरुले विमानलाई नेवार्कमा फर्काएको फक्सन्यूजले जनाएको छ ।

विमानसेवारा प्रवक्ताले सम्भावित यान्त्रिक समस्या देखा पर्दा विमानमा १७६ यात्रु र छ जना चालक दलका सदस्यहरू सवार रहेको र फर्काउनु परेको बताए ।

प्रतिक्रिया