अमेरिकाको पेन्सिलभेनिया राज्यको एक अस्पतालमा गोली चल्दा प्रहरी अधिकारीको मृत्यु भएको छ भने बन्दुकधारीको समेत मृत्यु भएको अधिकारीहरूले बताएका छन् । योर्क काउन्टीको युपिएमसी मेमोरियल अस्पतालमा धम्कीको खबर ९११ लाई दिए पछि प्रहरीहरु त्यहा पुगेका थिए ।
अधिकारीहरूका अनुसार शनिबार बिहान योर्क काउन्टीको पेन्सिलभेनिया अस्पतालमा एक प्रहरी अधिकारी र एक बन्दुकधारी दुवैको मृत्यु भएको छ।
घटना बिहान १०:४५ बजे युपिएमसि मेमोरियल अस्पतालमा भएको थियो।
बन्दुकधारीको पहिचान जारी गरिएको छैन, तर मृत्यु हुने अधिकारी एन्ड्रयू डुआर्ट भएको पहिचान भएको छ । वेस्ट योर्क बरो प्रहरी बिभागले संवेदन सहित प्रार्थना समेत गरेको छ ।
घटनामा कुनै पनि बिरामी घाइते नभएको अस्पतालका प्रवक्ता सुसान मान्कोले पुष्टि गरे। शनिबार बिहान, पेन्सिलभेनियाका गभर्नर जोश शापिरोले घटनाको बारेमा आफूलाई थाहा भएको र अस्पताल जाँदै गरेको बताए।
प्रतिक्रिया