३ जना आप्रवासीद्वारा ट्रम्प प्रशासनलाई अदालतमा पराजित , भोली पल्टै देश निकाला

इनेप्लिज २०८१ फागुन ८ गते १:०४ मा प्रकाशित

३ जना आप्रवासीले ट्रम्प प्रशासनलाई अदालतमा पराजित गरेको भोली पल्टै उनीहरूलाई देश निकाला गरिएको एबिसीन्यूजले जनाएको छ ।

गत हप्ता देश निकाला भएका मध्ये लुइस एडुआर्डो पेरेज पारा, लियोनेल रिभास गोन्जालेज र अब्राहान जोसु ब्यारियोस रहेका थिए ।

एक वर्षभन्दा बढी समयसम्म आप्रवासन हिरासतमा राखिएपछि र ग्वान्टानामो खाडीमा स्थानान्तरणको सम्भावनाको सामना गरेपछि तीन जना पुरुषहरूले संघीय अदालतलाई हस्तक्षेप गर्न आग्रह गरे ।

त्यसैगरी गत आइतबार न्यु मेक्सिकोका एक संघीय न्यायाधीशले ट्रम्प प्रशासनलाई ती पुरुषहरूलाई ग्वान्टानामो पठाउनबाट रोक्ने आश्चर्यजनक फैसला सुनाए ।

तर भोलिपल्टै उनीहरूका वकिल जेसिका भोसबर्गका अनुसार, एक वर्षभन्दा बढी समयपछि भेनेजुएला फिर्ता पठाउने पहिलो निर्वासन उडानमा पुरुषहरूलाई राखिएको थियो।

भोसबर्गले ट्रम्प प्रशासनलाई उनका ग्राहकहरू जसमध्ये दुई जनाको कुनै आपराधिक अभिलेख केही नभएको बताईन तर पनि एक जनालाई अहिंसात्मक अपराधको आरोप लगाइएको थियो । कुख्यात ट्रेन डे अरागुआ गिरोहका सदस्यहरू थिए भनि आरोप लगाईएको थियो ।

वकिल भोसबर्गले उनका ग्राहकहरू सुरक्षित रूपमा आफ्नो घरमा पुगेको र उनीहरूका परिवारहरूसँग पुनर्मिलन भएका छन् ।

भोसबर्गका अनुसार, प्रत्येक पुरुषले “निराशाजनक अवस्था” भोगेको जसले गर्दा उनीहरू उदासीपन(डिप्रेसन) र आत्महत्याको विचारमा परेका थिए।

एक पुरुषले आफूलाई चोट पुर्याउने प्रयास गरेपछि गत महिना मनोचिकित्सा केन्द्रमा भर्ना गरिएको थियो। निवेदकहरूलाई अमेरिकामा रहेका आफ्ना प्रियजनहरूबाट धेरै महिनासम्म अनावश्यक रूपमा अलग गरिएको उनले बताइन ।

प्रतिक्रिया