एनआरएनए एनएच च्याप्टरमा कन्सुलेट घुम्ति सेवा सिवीर संपन्न

इनेप्लिज २०८१ माघ २९ गते २:५४ मा प्रकाशित

म्यानचेस्टर, एनएच ( Manchester, NH ) मा फेब्रुअरी ८, २०२५ मा कन्सुलर सेवा घुम्ती शिविर सफलतापूर्वक सम्पन्न भएको छ। नेपाली महावाणिज्यदूतावास न्यूयोर्क, गैर आवसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् एनएच च्याप्टर, र एनएच राज्यका स्थानीय संघ-संस्थाहरूको सहकार्यमा आयोजित यस एकदिने शिविरमा एनएच, एमए, भीटी, र आरआई( NH , MA, VT, RI) राज्यका १२५ भन्दा बढी नेपाली समुदायका सदस्यहरूले पासपोर्ट, वारिसनामा, ट्राभल डकुमेन्ट, तथा एनआरएनए कार्ड जस्ता सेवाहरू प्राप्त गरे।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने, स्वयंसेवकहरू, कार्यकारी सदस्यहरू, आईसीसी सदस्य छत्र गुरुङ, मैया ढुंगाना, पूर्व महिला संयोजक सुन्दरी गुरुङ, एन आर एन ए अमेरिकाका पूर्व अध्यक्ष शिव कुमार राई, एनआरएनएका अभियन्ता, एनएचएनसीका अध्यक्ष लाक्या शेर्पा, भेष राज शर्मा, र यूकेआरओएका केन्द्रीय महासचिव मुक्ती नारायण राई, कार्यक्रम स्थल उपलब्ध गराई सहयोग गर्ने भोला सुवेदी र स्वादिष्ट भोजनले स्वागत गर्नुहुने डान्सिङ यतीका प्रोप्राइटर रीकी
गुरुङलाई च्याप्टर अध्यक्ष कमल ढुंगानाले धन्यवाद ज्ञापन गर्नु भयो।

त्यसैगरी, कन्सुल जनरल श्री चक्र कुमार सुवेदी, कन्सुलर विष्णु कुमारी अधिकारी, उप कन्सुलर तुल्सी प्रसाद कोइराला, आईटी विज्ञ नवराज तथा मनी पोख्रेल सबैलाइ च्याप्टरको तर्फबाट धन्यबाद प्रकट गरीएको थियो।

समाचार संपादन
इश्वरी भट्ट- च्याप्टर संस्थापक अध्यक्ष एवं आइ सी सी मेम्बर

प्रतिक्रिया