अलास्का विमान दुर्घटनामा परेका सबै १० जनाको उद्धार र पहिचान

इनेप्लिज २०८१ माघ २७ गते ११:२१ मा प्रकाशित

अलास्का विमान दुर्घटनामा परेका सबै १० जनाको उद्धार र पहिचान गरिएको अधिकारीहरूले शनिबार फेब्रुअरी ८ का दिन बताए ।

पश्चिमी अलास्काको तटमा क्षेत्रीय बिमानसेवाको उडान दुर्घटनाग्रस्त हुँदा मृत्यु भएका सबै १० जनाको उद्धार र पहिचान गरिएको छ ।

“बेरिङ एयरको विमानमा सवार सबै दश जनालाई आधिकारिक रूपमा घर ल्याइएको छ,” नोम भोलन्टियर फायर डिपार्टमेन्ट( नोम स्वयमसेवक अग्नि बिभाग )ले शनिबार राति सामाजिक संजाल मेटा मार्फत जानकारी गराएको छ।

नौ यात्रु र एक बिमान चालक बोकेको सानो यात्रु विमान गत हप्ता बिहीबार दिउँसो उनालाकलीटबाट उडान भरेको थियो र बेपत्ता भएको थियो। अमेरिकी तटरक्षकका अनुसार विमान पछि शुक्रबार नोमबाट लगभग ३४ माइल दक्षिणपूर्वमा फेला परेको थियो। जहाजमा रहेका सबै १० जनालाई मृत घोषित गरिएको छ ।

विमानका बिमानचालक (पाइलट )नोमका ३४ वर्षीय चाड एन्टिल भएको पुष्टी भएको छ । अलास्का राज्यका सैनिकहरूका अनुसार यात्रुहरूमा क्रमस ५२ वर्षीया लियान रायन; ५८ वर्षीया डोनेल एरिक्सन; ३० वर्षीय एन्ड्रयू गोन्जालेजको भएको बताएका छन् । त्यस्तै मृतकहरुमा क्रमस ४१ बर्षिय कामेरोन हार्टभिगसन, ४६ बर्षिय रोन बाउमगार्टनर, ५२ बर्षिय जेडी मोनकर, ४५ बर्षिय इयान होफम्यान, ३४ बर्षिय तालालुक काचटाग, तथा ४८ बर्षिय क्यारोल मुअर्स रहेका छन् ।

भग्नावशेष हाल समुद्री बरफमा अडिएको छ । यस सप्ताहन्तमा क्षेत्रमा भारी हिउँ र हावा चल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया