संघीय न्यायाधीशले इलन मस्कको महत्वपूर्ण धनसार (ट्रेजरी )भुक्तानी प्रणालीमा सरकारी दक्षता विभाग (डिओजिई)को पहुँचलाई रोकेका छन् ।
“अपरिहार्य क्षति” को जोखिमलाई उद्धृत गर्दै एक संघीय न्यायाधीशले इलन मस्कको सरकारी दक्षता टोलीलाई महत्वपूर्ण धनसार विभाग भुक्तानी प्रणालीमा पहुँच गर्नबाट अस्थायी रूपमा प्रतिबन्ध लगाएका छन्।
शनिबार जारी गरिएको न्यायाधीशको आदेशले अमेरिकीहरूको कर दाखिला, सामाजिक सुरक्षा लाभ, अशक्तता भुक्तानी र संघीय कर्मचारीहरूको तलब वितरण गर्ने संवेदनशील भुक्तानी प्रणालीमा पहुँचलाई अस्थायी रूपमा रोक लगाएको छ।
अमेरिकी जिल्ला न्यायाधीश पल एन्जेलमेयरले जनवरी २० पछि भुक्तानी प्रणालीबाट अधोभारण ( डाउनलोड) गरिएको कुनै पनि जानकारीलाई नष्ट गर्न आदेश दिएका छन् ।
“नयाँ नीतिले संवेदनशील र गोप्य जानकारीको खुलासा गर्ने जोखिम र प्रश्नमा रहेका प्रणालीहरू अनधिकृत प्रवेश (ह्याकिङ)को लागि पहिले भन्दा बढी जोखिममा पर्ने उनले उल्लेख गरेका छन् ।
यस विषयमा फेब्रुअरी १४ को लागि सुनुवाइ तय गरिएको छ ।
न्यूयोर्कका महान्यायाधिवक्ता लेटिसिया जेम्स र १८ अन्य राज्य महान्यायाधिवक्ताहरूले ट्रम्प प्रशासन विरुद्ध दायर गरेको मुद्दाको जवाफमा एन्जेलमेयरको आदेश आएको हो।
मुद्दामा मस्कको नेतृत्वमा रहेको टोली र “विशेष सरकारी कर्मचारी” को रूपमा वर्गीकृत युवा सहयोगीहरूले भरिएको टोलीलाई पहिले विशिष्ट सरकारी कर्मचारीहरूमा सीमित रहेको धनसार (ट्रेजरी)प्रणालीमा गैरकानूनी रूपमा पहुँच दिइएको आरोप लगाइएको छ।
ट्रम्प प्रशासनले सरकार दक्षता विभागको उद्देश्य सरकारी लागतमा व्यापक कटौती गर्नु रहेको जनाएको छ ।
प्रतिक्रिया