सरकारी कार्यक्षमता विभाग ( डिओजिइ) विवादमा ट्रम्प प्रशासनविरुद्ध मुद्दा

इनेप्लिज २०८१ माघ २४ गते २३:२५ मा प्रकाशित

कम्तिमा छ वटा राज्यले बिहीबार सरकारी कार्यक्षमता विभाग (डिओजिइ)) को कारण ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गर्ने घोषणा गरेका छन्। 

अमेरिकी वित्त मन्त्रालयले इलन मस्क र  डिओजिइ अधिकारीहरूलाई संघीय भुक्तानी प्रणालीमा पहुँच दिने निर्णय गरेपछि यो कदम चालिएको हो।

न्यूयोर्ककी महान्यायाधिवक्ता लेटिशिया जेम्सले भनिन्, “राष्ट्रपतिसँग हाम्रो निजी जानकारी जसलाई पनि दिने अधिकार छैन, न त उनले कांग्रेसद्वारा स्वीकृत संघीय भुक्तानी रोक्न सक्छन्।”

सरकारी अधिकारीहरू र श्रमिक सङ्घहरूले डिओजिइ(DOGE) को संलग्नताले सुरक्षा जोखिम निम्त्याउने र सामाजिक सुरक्षा(सोसल सेक्युरिटी ) तथा मेडिकेयर जस्ता कार्यक्रमहरू प्रभावित हुनसक्ने चेतावनी दिएका छन्।

संघीय न्यायाधीशले मस्कका दुई सहयोगीलाई भुक्तानी प्रणालीमा ‘पढ्नमात्र मिल्ने’ (read-only) पहुँच दिएका छन्, तर मस्क स्वयंलाई छैन।

मुद्दा दायर गर्ने राज्यहरूमा न्यूयोर्क, क्यालिफोर्निया, कोलोराडो, एरिजोना, मेरिल्याण्ड, र नेभादा सामेल छन् ।

प्रतिक्रिया