राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजापट्टीलाई पुनःनिर्माण गरेर “मध्यपूर्वको रिभिएरा” बनाउने प्रस्ताव गरे पछि विश्वव्यापीरुपमा विरोध भएको छ । विरोध जारी रहेको छ।
रिभिएरा इटालीशव्द हो भने जसको अर्थ समुन्द्रतट रेखा भन्ने बुझिन्छ ।
उनले प्यालेस्टानी जनसङ्ख्यालाई छिमेकी अरब देशहरू मिस्र र जोर्डनमा पुनःस्थापित गर्ने योजना प्रस्ताव गरे जसलाई अन्तर्राष्ट्रिय समुदायले व्यापक रूपमा विरोध गर्यो।
यस प्रस्तावलाई हमास लगायत प्यालेस्टानी नेताहरूले कडा रूपमा अस्वीकार गरे। हमासले यसलाई जबरजस्ती विस्थापनको रूपमा व्याख्या गर्दै यस्तो कदमले क्षेत्रीय तनाव बढाउन चेतावनी दिएको छ ।
साउदी अरेबिया, टर्की, फ्रान्स, रूस, चीन, जर्मनी, स्पेन, आयरल्याण्ड, र बेलायतले दुई-राज्य समाधानको पक्षमा समर्थन जनाउँदै गाजा प्यालेस्टान राज्यकै हिस्सा रहनुपर्छ भनेका छन्।
उनीहरूले ट्रम्पको प्रस्ताव अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन हुने र क्षेत्रीय अस्थिरता निम्त्याउने बताएका छन्।
अमेरिकामा समेत, डेमोक्र्याट सांसदहरूले यो योजना अव्यवहारिक र अनैतिक रहेको बताएका छन्। जोर्डन र मिस्रले पनि यस प्रस्तावलाई कडा रूपमा अस्वीकार गरेका छन्।
यस प्रस्तावले इस्रायल र अरब देशहरूबीचको सम्बन्धमा तनाव सिर्जना गरेको छ।
विशेष गरी साउदी अरेबियासँगको सम्भावित सामान्यीकरण वार्तामा असर पुर्याएको छ।
राष्ट्रपति ट्रम्पको गाजा प्रस्तावलाई अन्तर्राष्ट्रिय समुदायले व्यापक रूपमा अस्वीकार गरेको छ।
प्रतिक्रिया