राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार पानामाका अधिकारीहरूसँग कुरा गर्ने बताएका छन् ।
एबिसीन्यूजका अनुसार ट्रम्पले फेरि अमेरिकाले पानामा नहरको नियन्त्रण पुनः प्राप्त गरोस् भन्ने चाहना व्यक्त गरे, र शुक्रबार दिउँसो पानामाका अधिकारीहरूसँग दूरवार्ता (फोन )गर्ने बताए।
हामी या त यो फिर्ता चाहन्छौं या हामी धेरै सशक्त कुरा प्राप्त गर्नेछौं ,” ट्रम्पले ओभल कार्यालयमा पत्रकारहरूको प्रश्नहरूको जवाफ दिँदै भने।
उनले मध्य अमेरिकी राष्ट्रलाई जलमार्गको नियन्त्रण सुम्पने सन्धिको वार्ता गरेकोमा पूर्व राष्ट्रपति जिमी कार्टरको आलोचना गरे ।
गत आइतबार यस क्षेत्रको आफ्नो पहिलो आधिकारिक यात्राको भागको रूपमा पानामामा रहेका विदेशमन्त्री मार्को रुबियोले पानामाले नहरमा चीनको प्रभावको बारेमा केही गर्न माग गरि सकेका छन् ।
उनीहरूको बैठकपछिको टिप्पणीमा पानामाका नेता होजे राउल मुलिनोले ट्रम्प प्रशासनका चिन्ताहरू, आप्रवासन र चिनियाँ प्रभावप्रति आफ्नो कुराहरु स्पष्ट राखी सकेका छन् । उनले चीन सँग गरिएको बृहत योजनालाई पनि नवीकरण नर्गने विदेश मन्त्रिलाई प्रतिबद्धता जनाई सकेका छन् ।
हामी शुक्रबार पानामासँग कुरा गर्नेछौं । उनीहरू केही कुरामा सहमत भएका छन्, तर म त्यसबाट खुसी छैन,ट्रम्पले भने ।
प्रतिक्रिया