डिसीको पोटोम्याक नदीमा दुर्घटनाग्रस्त भएको अमेरिकन एयरलाइन्स(बिमानसेवा)को बाह्य भाग बाहिर निकालिएको छ । क्रेन( उत्तोलक)ले पोटोम्याक नदीबाट विमानको टुक्रा हटाउँदा संचार माध्यमहरुका पत्रकारहरू पनि सोमबार बिहान घटनास्थलमा थिए।
बाल्टीमोर जिल्लामा रहेको अमेरिकी इन्जिनियर्स सैनिक गणले पोटोम्याक नदीमा भग्नावशेष हटाएको दुई वटा तस्बिरहरू साझा गरेका छन् । दुबै तस्बिरहरू अमेरिकन एयरलाइन्सको उडान ५३४२ को बिमान यन्त्र (जेट इन्जिन)लाई क्रेन(उत्तोलक )मा पोटोम्याकबाट बाहिर निकालिएको देखाईएको छ ।
त्यस्तै बिमान दुर्घटनाको श्रब्यदृश्य (भिडियो )चुवाहट गरिएको आरोपमा २ जनालाई पक्राउ परेका छन् ।
विमान र हेलिकप्टर (उदग्रविमान) ठोक्किएको देखाउने उक्त श्रब्यदृश्य (भिडियो )सिएनएनलाई दिएकोमा महानगर वाशिंगटन विमानस्थलका दुई कर्मचारीहरूलाई पक्राउ गरिएको छ।
कर्मचारीहरूलाई विमानस्थल नियोगको अभिलेख (रेकर्ड)को अनधिकृत प्रतिलिपि बनाएको आरोपमा कम्प्युटर अतिक्रमणको आरोप लगाइएको छ ।
चालक दलले मंगलबार ककपिट पुनःप्राप्त गर्ने योजना बनाएको छ । चालक दलले सोमबार दुईवटा विमान यन्त्र र विमानको बाह्य भाग पानीबाट निकालेको छ । एउटा पखेटा हटाउन थालेको सैनिक अधिकारीले बताए ।
डिसी अग्नि नियन्त्रण तथा आकस्मिक चिकित्सा सेवा (डिसी फायर र ईएमएस )सहायक प्रमुख ग्यारी स्टीनले ५५ वटा शवहरूको पहिचान गरिएको बताए ।
अधिकारीहरूका अनुसार बिमानभित्र भित्र थप अवशेषहरू छन्।
तस्बिर कृतज्ञता : अमेरिकी इन्जिनियर्स सैनिक गण
प्रतिक्रिया