राष्ट्रपति डोनल्ड ट्रम्पले क्यानडाबाट आयातमा लागु गर्न योजना बनाइएका करहरूको कार्यान्वयन कम्तिमा ३० दिनका लागि स्थगित गर्ने घोषणा गरेका छन्।
राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक संजाल एक ‘ट्रुथ सोशल’ मार्फत जानकारी गराएका छन् । यो निर्णय क्यानाडासँगको अन्तिम आर्थिक सम्झौता गर्ने सम्भावना जाँच्नको लागि गरिएको हो। यस घोषणाले सोमबार क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो सँगको दूरवार्ता वार्ता पछि आएको हो।
ट्रुडोले सामाजिक संजाल एक्समा आफ्नो टिप्पणी प्रकाशित गरे कर स्थगनको बदला क्यानडा सीमापार सुरक्षा सुधारमा ठूलो लगानी गर्ने बताएका छन् ।
उनले संयुक्त क्यानाडा-अमेरिका स्ट्राइक बल ” गठन गर्ने बताएका छन् । साथै संयुक्त क्यानाडा-अमेरिका स्ट्राइक बलले संगठित अपराध र फेंटानिलविरुद्ध लड्ने र “फेंटानिल जार” नियुक्त गर्नेछ।
क्यानाडाले २०० मिलियन डलरको लगानीको साथ यो पहल अघि बढाउने उनले बताए । । क्यानाडाले उत्तरी सीमा सुरक्षित राख्ने र फेंटानिलजस्ता मादक पदार्थको प्रवाह रोक्न प्रतिबद्धता जनाएको ट्रम्पले सामाजिक संजालमा लेखे ।
प्रतिक्रिया