भर्जिनिया मनाससमा गायक सुजन चापागाई तथा ब्यान्डको प्रस्तुति हुने,टिकट खरिद गर्न सकिने

इनेप्लिज २०८१ माघ २० गते १३:२७ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको मनासस शहरमा आगामी मार्च ८ ,२०२५ का दिन गायक सुजन चापागाई तथा ब्यान्डको प्रस्तुति हुने भएको छ ।

अमेरिकाको विभिन्न राज्यहरुमा आयोजना हुने गायक सुजन चापागाई तथा ब्यान्डको कार्यक्रम अन्तर्गत भर्जिनियाको मनाससमा हुने भएको हो ।

डिसी क्षेत्रका युवाहरुद्वारा संचालित चौतारीले सुजन चापागाई तथा ब्यान्डको सांगीतिक कार्यक्रम गर्न लागेको हो ।

सुजन चापागाई तथा ब्यान्ड युएस-टुर २०२५ सिन्को इन्टरटेन्टमेन्टको प्रस्तुति तथा आयोजक कोसेली कोलोराडो तथा नाम्लो रहेका छन् भने दुवैको सयुक्त आयोजनामा कार्यक्रम हुने लागेको हो ।

आयोजक चौतारीका तर्फबाट सुजन खनालले सबैको लागि टिकट पनि बिधुतिय प्रणालीबाट खरिद गर्न सकिने व्यवस्थापन गरिएको बताए ।

अहिले सम्मको जानकारी अनुसार गायक सुजन चापागाईको भ्रमण अमेरिकाका प्रमुख शहरहरूमा १० देखि १२ वटा राज्यका शहरहरुमा प्रस्तुती हुने छन् ।

अमेरिकाको बिभिन्न राज्यहरुको भ्रमण फेब्रुअरी १५ देखि अप्रिल १५ , २०२५ रहने छ । बिस्तृत जानकारी लिन यस इमेल(बिधुतिय डाक)मार्फत सम्पर्क गर्न सकिने आयोजकले बताएका छन् ।

टिकट खरिद गर्न यहाँ थिच्नु होला :https://app.tixfix.ai/events/view/f697e9d7-26bf-4741-9b12-c537603bd875/

प्रतिक्रिया