राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार सामाजिक सञ्जाल मार्फत भेनेजुएलामा हिरासतमा रहेका ६ अमेरिकीहरू अमेरिका फर्की रहेको घोषणा गरे ।
हामी भेनेजुएलाबाट छ जना अमेरिकी बन्धकहरूलाई घर ल्याउँदैछौं। रिक ग्रेनेल र मेरा सम्पूर्ण कर्मचारीहरूलाई धन्यवाद ,ट्रम्पले आफ्नो सामजिक संजाल ट्रुथ सोसलमा लेखेका छन् ।
ट्रम्पका विशेष मिसनका लागि दूत रिचर्ड ग्रेनेलले उनी काराकासमा राष्ट्रपति निकोलस मादुरोसँग भेट गरेपछि अमेरिकीहरूसँग अमेरिका फर्कने बाटोमा रहेको बताए ।
छ जना अमेरिकी नागरिकहरूसँग हामी घर फर्किरहेका छौं। भर्खरै उनीहरुले राष्ट्रपति ट्रम्पसँग कुरा गरे । उनीहरूले राष्ट्रपतिलाई धन्यवाद दिए , ग्रेनेलले सामाजिक संजालएक्समा भने ।
पछि शुक्रबार ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले ह्वाइट हाउसमा यस कुराको पुष्टि गरिन ।
प्रतिक्रिया