अमेरिकाको फिलाडेल्फियामा दुई यन्त्र भएको व्यापारिक बिमान दुर्घटनाग्रस्त

इनेप्लिज २०८१ माघ १९ गते १:१० मा प्रकाशित

अमेरिकाको पेनसेल्भेनिया राज्यको उत्तरपूर्वी फिलाडेल्फिया शहरको एक बिशाल बजार (मल) नजिकै व्यापारिक बिमान दुर्घटनाग्रस्त भएको सिएनएनले जनाएको छ ।

फिलाडेल्फिया शहरको रुजवेल्ट बिशाल बजार (मल) नजिकै उत्तरपूर्वी फिलाडेल्फियामा दुई इन्जिन (यन्त्र)भएको व्यापारिक जेट (बिमान)दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताएका छन्।

“जनवरी ३१, शुक्रबार स्थानीय समय अनुसार साँझ ६:३० बजेतिर उत्तरपूर्वी फिलाडेल्फिया विमानस्थलबाट उडान भरेको लिअरजेट ५५ दुर्घटनाग्रस्त भएको संघीय उड्डयन प्रशासनले एक विज्ञप्तिमा जनाएको छ।

विमानमा दुई जना सवार थिए । उनीहरु मिजौरीको स्प्रिंगफिल्ड-ब्रान्सन राष्ट्रिय विमानस्थलतर्फ जाँदै गरेको एफएएले बताएको छ।

पेन्सिलभेनियाका गभर्नर जोश शापिरोले फिलाडेल्फियाका नगर प्रमुख सँग कुरा गरेको बताए । शहरको आपतकालीन व्यवस्थापन कार्यालयले सामाजिक संजाल एक्समा यो कोटम्यान र बस्टलटन मार्ग नजिकै घटना भएको र काम गरिरहेको जनाएको छ । साथै उक्त क्षेत्रमा सडकहरू बन्द गरिएको छ।

एफएए र राष्ट्रिय यातायात सुरक्षा समिति (बोर्ड)ले दुर्घटनाको अनुसन्धान गर्नेछ। गत बुधबार वाशिंगटन डीसी क्षेत्रमा भएको बिमान दुर्घटनाको उद्धार जारी राख्दै गर्दा र अधिकारीहरूले अनुसन्धान गरि रहदा यो घटना भएको हो ।

प्रतिक्रिया