अमेरिकन एयरलाइन्स र सैनिक उदग्रविमान दुर्घटना पछि पोटोम्याकबाट ४० भन्दा बढी शवहरू निकालिए

इनेप्लिज २०८१ माघ १८ गते ०:४८ मा प्रकाशित

अमेरिकन एयरलाइन्स र सैनिक हेलिकप्टर(उदग्रविमान)को दुर्घटना पछि पोटोम्याकबाट ४० भन्दा बढी शवहरू निकालिएको सिएनएनले जनाएको छ ।

उद्धार प्रयासहरू समाप्त भएपछि पोटोम्याकबाट ४० भन्दा बढी शवहरू निकालिएका हुन् । बिहीबार दिउँसोसम्म पोटोम्याक नदीबाट ४० भन्दा बढी शवहरू हटाइएको उद्धारको बारेमा जानकार स्रोतहरूले सिएनएनलाई बताए।

दिनभरि उज्यालो अवस्थामा गोताखोरी सञ्चालन भै रहेको जनाईएको छ । पानीबाट धेरैजसो पीडितहरूको शव बरामद भइसकेको प्रहरी स्रोतले सिएनएनलाई जानकारी गराएका हुन् ।

अहिले वाशिंगटन डीसी अग्नि प्रमुख, राष्ट्रिय यातायात सुरक्षा समिति ,अमेरिकन एयरलाइन्स तथा अन्य अधिकारीहरूले परिवार सहायता केन्द्रमा पीडित परिवारहरूसँग भेटिरहेका छन् ।

प्रतिक्रिया