अमेरिकामा एक्स (X )लिङ्ग चिन्ह भएको राहदानी आवेदनहरू विदेश विभागद्वारा स्थगित

इनेप्लिज २०८१ माघ ११ गते १२:११ मा प्रकाशित

अमेरिकामा एक्स (X )लिङ्ग चिन्ह भएको राहदानी आवेदनहरू विदेश विभागले निलम्बन अर्थात् स्थगन गर्न सुरु गरेको छ ।

एबीसी न्यूजले समीक्षा गरेको आन्तरिक सञ्चार अनुसार विदेश सचिव मार्को रुबियोले राहदानीएक्स “X” लाई लिङ्ग पहिचानकर्ताको रूपमा चयन गरिएको आवेदनहरू स्थगन गर्न विदेश विभागलाई निर्देशन दिएका छन्।

यो कदम राष्ट्रपति डोनाल्ड ट्रम्पको “लैङ्गिक विचारधारा अतिवादबाट महिलाको रक्षा र संघीय सरकारलाई जैविक सत्यता पुनर्स्थापित गर्ने” शीर्षकको कार्यकारी आदेश पछि आएको छ, जसमा भनिएको छ कि “दुई लिङ्ग, पुरुष र महिलालाई पहिचान गर्नु संयुक्त राज्य अमेरिकाको नीति हो।”

प्रश्नहरू लिएर विदेशविभागको राष्ट्रिय राहदानी सूचना केन्द्रमा दूरवार्ता (फोन )गर्ने आवेदकहरूलाई आवेदन दिन सकिएमा नयाँ मार्गदर्शनको लागि पर्खन भनिएको छ । केन्द्रले आगामी दिनहरूमा उपलब्ध गराइने बताएको छ।

बाइडेन प्रशासनले सन् २०२२ मा राहदानी आवेदनहरूमा पुरुष वा महिलाको सट्टा “X” चयन गर्ने विकल्प लिएको थियो ।

प्रतिक्रिया